देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोटेकोसीको बाढीले टिमुरेमा बेलिब्रिज बगायो

देशान्तर

काठमाडौ — भोटेकोसी नदीमा आइतबार राति आएको बाढीले टिमुरेमा बेलिब्रिज बगाएको छ । राति एक्कासी तिब्बतबाट आएको बाढीले नेपालतर्फ टिमुरेस्थित बेलिब्रिज बगाएको हो ।

भन्सार र्‍याडबाट रसुवागढी जलविद्युत आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो।बाढीले रसुवागढी जलविद्युत आयोजनाको २ वटा पेनस्टक पाइप, कफर ड्याम र टिमुरेको फोहर व्यवस्थापन गर्न आयोजनाले निर्माण गरेको फोहर जलाउने भवन बगाएको प्रमुख छवि गैरेले बताए।

बाढीले आयोजनामा लाखौंको क्षति पुगेको छ। पुल बगाएपछि रसुवागढी जलविद्युत् आयोजना र टिमुरेतर्फ आवतजावत विच्छेद भएको उनले बताए।

भोटेकोसी किनारामा भन्सार र्‍याड रहेकाले पार्किङमा राखिएको कन्टेनर राति नै सुरक्षित स्थानमा सारिएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए।