देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशान्तर

एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा सर्वोच्चले बिहीबार तेस्रोपटक पनि निर्णय सुनाउने मिति सारेको छ।
जेठ २१ गतेदेखि बृहत पूर्ण इजलाशमा सुनुवाइ सुरु भएको लाभकर सम्बन्धी विवादको निर्णय साउन २१ गते सुनाउने भनिएको थियो। तर तयारी नपुगेका बिहीबारसम्म सारिएको ‘निसु’ (निर्णय सुनाउने) फेरि भदौ ५ गतेसम्मका लागि सरेको सर्वोच्च अदालतले जनाएको छ।
जेठ २१ गतेदेखि सुनुवाइ भए पनि सर्वोच्चको बृहत पूर्ण इजलासलाई ठूला करदाता कार्यालयले भने अनुसार ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन आदेश गर्ने कि एनसेल नै भने अनुसार १२ अर्ब ३४ करोड मात्र बुझाउन आदेश दिने भन्ने निर्णय गर्न सकस परेको परेको हो।
न्यायाधीश तेज बहादुर केसीको नेतृत्वमा पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा, मनोजकुमार शर्माको बृहत इजलाश तोकेर साउन २१ गते सुनुवाई गरे पनि निर्णय सुनाउन सकेको छैन।