० १ - ४१०२५७३ / ७४


प्रकाश दाहालको नाममा विदेशको कुनै बैंकमा खाता वा पैसा रहेको पुष्टि गर्न चुनौति

प्रकाशित मिति: २८ श्रावण २०७६, मंगलवार ११:२८   देशान्तर

काठमाडौँ – दिवंगत प्रकाश दाहाल प्रचण्ड पुत्र प्रकाशको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्ने कुरा पूर्णरुपमा कपोलकल्पित र कुप्रचार मात्रै रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले भत्सर्ना गरेको छ ।

‘जनक्रान्ति’ का उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध रुपमा प्रहार भइरहेको र यसकै लागि पछिल्लो समय दुश्प्रयासका रुपमा दाहालको विदेश भ्रमणलाई तथ्यहीन र भ्रामक कुप्रचार मार्फत बदनाम गर्न खोजिएको दाहालको निजी सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

हालै दाहालले दुबईको भ्रमण गरेका थिए । सो भ्रमण गर्नुको उद्देश्य त्यहाँको बैंकमा प्रकाश दाहालको नाममा रहेको २१ अर्ब रुपैयाँ व्यवस्थापन गर्नु रहेको भन्ने कुरा कुप्रचार मात्रै रहेको दाहालको सचिवालयले बताएको छ । यस्ता प्रचारहरु जनतामा भ्रम फैलाउने प्रतिकान्तिकारीहरुको षडयन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रकाशका नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौँ ।’
दाहालका प्रमुख स्वकीय सचिव तथा निजी सचिवालयका अध्यक्ष जोखबहादुर महरा ‘प्रताप’द्वारा जारी विज्ञप्तिमा भ्रामक प्रचार गर्नेहरुलाई आवश्यक कारवाही गर्न पनि माग गरिएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

विराटनगर । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले दुई तिहाईको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न.....

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि.....

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares