देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुन्डा नाइके राजेन्द्र लामा पक्राउ

देशान्तर

गुन्डा नाइके निमा भनिने राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् ।

कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले बताए ।

विस २०७२ चैत १० गते नेविसंघका नेताहरुलाई कुटपिट गरेको अभियोगमा उनीविरुद्ध मुद्धा चलेको थियो । यस्तै २०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ बर्ष जेल समेत परेका थिए । दरवारमार्ग र सिनामंगल क्षेत्रमा व्यवसायी धम्काएको अभियोगमा समेत पक्राउ परेका थिए ।
उनले मुस्कान व्युटीपार्लर समेत सन्चालन गर्दै आएका छन् ।