देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरियाली भाषा परीक्षा: सीप परीक्षण समय सर्‍यो

देशान्तर

रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउन लिइएएको कोरियन भाषा परीक्षा उत्तीर्ण भएका परीक्षार्थीको सीप तथा क्षमता परीक्षण आगामी मंसिर ४ देखि १९ गतेसम्म हुने भएको छ।

यसअघि आगामी भदौ ४ देखि १८ गतेसम्म सञ्चालन हुने भनिएको दोस्रो चरणको सीप तथा क्षमता परीक्षणको समय सारेर आगामी मंसिर ४ बाट सञ्चालन हुने भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

सोमबार पुनः नयाँ सूचना प्रकाशन गरी ईपीएस कोरिया शाखाले सीप तथा क्षमता परीक्षण आगामी मंसिर ४ गते हुने जानकारी गराएको हो।