देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तपाई लामो यात्रमा निस्कदै हुनुहुन्छ भने यस्तो छ अवस्था

देशान्तर

काठमाडौँ । लगातारको वर्ष अहिले धेरै ठाउमा हवाई र स्थल मार्गहरु अवरुद्ध भएका छन । बाढी र पहिरोले देशभरका दुवैमार्गहरु अवरुद्ध बनेका छन् ।

राजधानी जोड्ने मुख्य राजमार्गका पुल भत्किएका छन् । पहिरोले सडक पुरेको छ । कतिपय ठाउँमा सडक नै बगाएको छ । यसका लागि प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको छ । कतै यात्रा गर्नु पूर्व राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

खुर्काेट–उदयपुर खण्डमा पहिरोका कारण सडब अवरुद्ध बनेको छ । महोत्तरीको झप्सी खोलामा पुल भत्किएरअवरुद्ध बनेको सडक डाइभर्सनबाट एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गलनजोर गाउँपालिका र सनुकोशी गाउँपालिकामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । यसैगरीकुलेखानी मार्गको फाँखेल लगायतका स्थानमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।

मौसम खराव भएकाले हवाइ यात्राबाट हुने उडानहरु सवै विमानस्थल पुग्ने अवस्था छैन । पहाडी र तराइ भेगका हवाई मैदानहरु अहिले पनि पुर्ण रुपले सुचारु हुन सकेका छैनन् । छोटा दुरीका सडकहरुको अवस्थामा बारेको कुनै जानकारी आएको छैन् ।

हााम्रा जिल्ला संवाददाताहरुका अनुसार मुख्य सडकहरुभन्दा जथाभावी खनिएका छोटो दुरुका सडकहरु बढी प्रभावित भएका छन ।