० १ - ४१०२५७३ / ७४


आज तुलसी सारेर हरिशयनी एकादशी मनाइँदै

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार ०७:३८   देशान्तर

आज घरघरमा तुलसी सारेर हरिशयनी एकादशी मनाइँदै छ। एक महिनाअघि जेष्ठ शुक्ल एकादशी मा छरिएको तुलसीको बीउ तयार भई यसैदिन रोप्नुपर्ने मान्यता छ। यो एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ। वैष्णव धर्मअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने भएकोले चतुर्मास भनिएको हो। धार्मिक एवं ज्योतिषीय मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध, प्रतिष्ठा, जस्ता मांगलिक कार्य गर्नु हुँदैन। यो अवधिभर तुलसीको पूजा गर्ने भागवत आदि विष्णु माहत्म्यका ग्रन्थहरू पाठ गर्ने परम्परा छ। यद्यपि सूर्य दक्षिणायान रहँदा सामान्यतया मांगलिक कार्य गरिँदैनन्। यसरी आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णु वा उनको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ। चतुर्मासभर पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो भने यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। चतुर्मासको समाप्ति कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा हुन्छ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफ्नै विद्यालयका प्रधानाध्यापकले.....

अब कसैले चाहेर र कसैले नचाहेर महाधिवेशन रोकिने कुरा आउँदैन । सभापतिले तोकिएको समयमा महाधिवेशन गर्नु भएन भने.....

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सबै तहका नेता कार्यकर्ताबाट लिइने दैनिक ‘लेबी’मा कडाइ.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares