देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गर्मी मौसममा सरुवा रोगबाट सतर्क रहन चिकित्सकको सुझाव

देशान्तर

काठमाडौँ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव द्एिका छन् गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्नसक्ने सम्भावना हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले गर्मी मौसममा दूषित पानी र अस्वस्थकर खानाका कारण विभिन्न रोग लाग्ने भएकाले पिउने पानी स्वच्छ हुनुपर्ने सुझाव दिए।

उनले कतिपय स्थानमा लामखुट्टेको प्रकोपले डेङ्गु, मलेरिया, स्क्रबटाइफस जस्ता रोग देखा पर्न थालेको जानकारी दिए । उनले वर्षायामसँगै अत्यधिक गर्मीका कारण उच्च ज्वरो आउनसक्ने, चक्कर लाग्ने, बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखा पर्न सक्ने भन्दै त्यसबाट सचेत रहनुपर्ने सुझाव र्दिएका छन् ।

गर्मीकै कारण शरीर धेरै कमजोर हुने र थकान महसुस हुने तथा अत्यधिक गर्मीले बान्ता आउने, टाउको दुख्ने तथा झाडापखाला जस्ता लक्षणहरू देखिन सक्छन् । गर्मीमा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रबटाइपस, ठेउला, डेङ्गु, जन्डिस लगायतका रोग यो समयमा देखा पर्छन् । डा। पुनले वर्षायाममा टेकुस्थित सरुवा रोग अस्पतालमा दैनिक ४० देखि ५० जना बिरामी गर्मी मौसमले लाग्ने रोगका कारण आउने गरेको जानकारी दिए । उनले यीबाहेक सर्पले टोकेर आउने बिरामी पनि दैनिक १० देखि १५ को सङ्ख्यामा रहेको बताए।
यस्तै गर्मीमा ज्वरो, फुड प्वाइजन, टाइफाइड, मलेरिया, कीटजन्य रोग देखापर्न सक्ने भन्दै उहाँले यस्ता रोगबाट सावधानी अपनाउनु पर्नेमा जोड दिए । वर्षायाममा विशेषगरी खानेपानी र खानेकुरामा विशेष ध्यान दिनुपर्ने भन्दै पुनले पिउने पानी तथा खानेकुराबाट पनि धेरै रोग लाग्ने सम्भावना हुने बताए। गत वर्ष काभ्रेमा खानेपानीकै कारण चार सय मानिसमा झाडापखालाको प्रकोप फैलिएको थियो ।

वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले गर्मी मौसममा ज्वरो, टाइफाइड, एलर्जी लगायतका समस्या लिएर बिरामी आउने गरेको बताए । उनले यो मौसममा मुख्यतः खानेपानीमा विशेष ध्यान दिनुपर्ने बताए। उनले पानीबाट सरुवा रोग फैलनसक्ने भन्दै पानी उमालेर पिउनसमेत सुझाव दिए।

धाराको पानी, ट्याङ्करको पानी र जारकै पानीसमेत उमालेर पिउनुपर्ने भन्दै उनले वर्षायामको पानी प्रदूषित हुनसक्ने भएकाले सचेत हुनुपर्नेमा जोड दिए। यस्तै उहाँले बालबालिकालाई पानी खुवाउँदा सधैँभरि उमालेको पानी मात्र खान सुझाव दिए । उनले वीर अस्पतालमा आउने सरुवा रोगका बिरामीलाई टेकुस्थित सरुवा रोग अस्पताल पठाउने गरेको जानकारी दिए। वीरमा भने क्रोनिक रोग भएका बिरामीको चाप धेरै हुने गरेको बताए।