देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णाली नदीमा खसेको पिकअप अझै भेटीएन, गाउँपालिका उपाध्यक्ष सहित आठ जना बेपत्ता

देशान्तर

खार्पुनाथ गाउँपालिका–५ वेणुसैन र कैलेबालु भन्ने स्थानमा जाँदै गरेको लु १ ज ७१६६ नं को महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खस्दा गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित आठ जना बेपत्ता भएको आशङ्का गरिएको छ । याक्चु प्रहरीलाई उद्धृत गर्दै सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले आज अपराह्न १ बजे गाडी दुर्घटना भएको बताउनुभयो । दुर्घटना क्षेत्रमा हेलिकप्टर खटिएको जानकारी प्राप्त भएको छ । गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना खोजीमा परिचालन गरिएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

गाडी कर्णाली नदीले पूरै छोपेकाले कुन ठाउँमा गाडी छ भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आजै भएको गाडी दुर्घटनामा चन्द्र हमाल, गाडी चालक मणि शाही, वसन्ती शाही, नन्ददेवी सिंह रहेको घटनास्थलमा खटिनुभएका पत्रकार राजन रावतले जानकारी दिनुभयो । कर्णालीमा खसेको गाडीको खोजी भए तापनि नदीको भेल बढी भएका कारण पत्ता लगाउन समस्या देखिएको छ ।