देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्ता छन् मोतीबिन्दुबाट बच्ने उपाय

देशान्तर

काठमाडाैँ । जनसाधरणले मोतीबिन्दुुु बुढेसकालमा लाग्ने रोगका रुपमा बुझ्ने गरेका छन् । उमेर ढल्कदै जाँदा मात्र यो रोग लाग्छ भन्ने सोचाइले धेरै मानिसलाई अप्ठ्यारोमा पारेको छ । किनकि उनीहरूले यो रोग भिन्न भिन्न उमेर समूहमा पनि देखिन्छ भनेर तयारी अवस्थामा रहेका हुँदैनन् । फलतः मोतीबिन्दुुुले उनीहरूलाई सताइरहेको हुन सक्छ र कतिपय अवस्थामा त यो रोग लागेको समयसीमाका कारणले उपचार हुन नसक्ने अवस्थामा पनि पुगेको हुन सक्छ । यदि यसो भयो भने मोतीबिन्दुुु लागेको आँखाको ज्योति जीवनभर गुम्न सक्दछ । त्यसैले अन्य रोगहरू जस्तै मोतीबिन्दुुु रोगका बारेमा पनि उत्तिकै सचेत र चनाखो रहनु पर्दछ ।

त्यसैले मोतीबिन्दुुु बुढेसकालका कारणले लाग्ने रोग मात्र होइन भनी बुझ्नु जरुरी छ । यसका लागि कत्ति पनि अल्छी नगरेर बेलाबेलामा आँखा रोग विशेषज्ञ वा डाक्टरलाई आवश्यक जाँच गराइरहनु पर्दछ । यो आफ्नो जीवन ज्योति प्रतिको सतर्कता पनि हो । आँखा रोग विशेषज्ञका अनुसार हाम्रो आँखा निकै सम्वेदनशील हुन्छ । आँखाको नानीमाथि मणि जस्तै पातालो पारदर्शी झिल्ली रहेको हुन्छ । यही पारदर्शी झिल्लीमा आउने समस्याले मोतीबिन्दुुुको रोग ल्याइदिन्छ । त्यसपटि दृष्टि कमजोर हुँदै जान्छ । मोतीबिन्दुुु आखाँमा रहेको झिल्ली ढाकिदिने रोग हो ।

यो रोगको बढी प्रभाव साधारणतया उमेर ढल्कदै जाँदा देखिए पनि अन्य उमेर समूहमा पनि उत्तिकै प्रभाव पार्दछ । अस्वस्थ खानपान, प्रदुषित वातावरण आदिको कारण हालका दिनहरूमा मोतीबिन्दुुुका बिरामी बढ्दो क्रममा छन् । मेतीविन्दु नसर्ने प्रकृतिको रोग हो । यो एक वा दुबै आँखामा हुन सक्छ । मोतीबिन्दुुु बारे जानकारी राख्न आँखा र यसको लेन्सबारे जान्नु जरुरी छ । लेन्स आँखामा प्रकाश छिर्ने एक महत्वपूर्ण भाग हो । यही लेन्सको कारण हामीले वस्तुको आकृति देखेका हुन्छौं । यो लेन्सले वस्तुको आकृति लेन्सपछाडिको रेटिनामा पारेर एकै विन्दुमा केन्द्रित गरेपछि वस्तुको आकृति मस्तिष्कमा पुग्छ र आँखाले उक्त वस्तु देख्दछ । तर, यही लेन्स नै धमिलो र अपारदर्शी भयो भने त्यसको आकृति नानीपछाडिको रेटिनामा पर्दैन । वा रेटिनामा वस्तुको आकृति बन्दैन । परिणामस्वरुप त्यो सन्देश दिमागमा पुग्दैन र वस्तुलाई आँखाले देख्न सकिँदैन । यो हुनु भनेको मोतीबिन्दुुु हो । तर हामीले सदैव के कुरामा ख्याल राख्नु पर्दछ भने मोतीबिन्दुुु गर्भमा रहँदादेखि बुढेसकालसम्म जो कोहीलाई जहिले पनि हुन सक्छ ।

मेतिविन्दु भएकाहरूको दृष्टि विस्तारै धमिलो भएर जान्छ । घाम वा प्रकाशमा हेर्दा आँखा तिर्मिराउँछ । सवारी साधान चलाउँदा विपरीत दिशाबाट आएको सवारीको प्रकाशले अप्ठेरो पार्छ । अध्याँरोमा आँखा नै देखिदैन । टाढा हेर्दा तरंग पैदा भएको र अस्पष्ट देखिन्छ । रंगहरू चिन्न गाह्रो हुन्छ । यो रोगबाट बच्न धुवाँधुलोमा हिँडडुल गर्दा चश्मा लगाउनुपर्छ । सिधै सूर्य वा बत्तीको कडा प्रकाशमा हेर्नु हुँदैन । बच्चालाई आँखाका चोट पुर्याउने धारिलो हतियार वा साधनसँग खेल्न नदिने गर्नुपर्छ । गर्भवती अवस्थामा विभिन्न खालका संक्रमणबाट बच्नु पर्छ । सन्तुलित आहारा खानु पर्छ । नियमित आँखा परीक्षण गराउनुपर्छ ।