देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कडा परिश्रम र इच्छा शक्ति नै सफलताको कडी होः रेणुका लामा

देशान्तर

काठमाडौँ । कडा परिश्रमभित्र सफलता देख्ने कर्मयोगी महिलाको नाम हो रेणुका लामा । उनको जन्म पोखरा महानगरपालिका ३२, तल्लो गगनगौडामा भएको हो । सामान्य परिवारमा जन्मिएर पनि सानैदेखि सेवाभावले भरिपूर्ण थिइन् उनी । उनको स्कुले पढाइ सामुदायिक विद्यालयबाट पुृरा भएको हो । उनले एसएलसीपछि पिसियल नर्सिङ अध्ययनका लागि मणिपाल मेडिकल कलेज रोजिन् ।

त्यहाँ उनले पिसियल नर्सिङ पूरा गरेपछि ४ वर्ष सोही अस्पतालमा काम गरिन् । थप अध्ययन र सुन्दर भविष्यको खेजीमा उनी अष्ट्रेलिया छिरिन् । उनले अष्ट्रेलियामा बिएन नर्सिङ पुरा गरेर त्यहीको अस्पतालमा विगत ९ वर्षदेखि काम गर्दै छन् । अहिले उनी गैरआवासीय नेपालीहरुको संगठन एनआएनए साउथ अष्ट्रेलियामा सन् २०१७–१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी थिइन् ।

आगामी जुलाई ६ मा हुने एनआरएनएको चुनावमा कोअडिनेटर (अध्यक्ष पदमा चुनाव लड्दैछन् । उनै रेणुका लामासँग देशान्तर न्यूजका लागि कालिका महतले गरेको कुराकानी |

तपाईंको स्कुले पढाइ कहाँ भएको हो ?

मैले गगनगौडाको सामान्य स्कुलबाट एसएलसीसम्मको पढाइ पुरा गरेको हुँ ।

पिसियल नर्सिङ कहाँबाट गर्नुभयो ?

मणिपाल मेडिकल कलेज पोखराबाट गरेको हो । त्यसपछि सोही अस्पतालमा ४ वर्ष नर्सिङ पेशा गरेँ ।

ब्याचलर नर्सिङ गर्न अष्ट्रेलिया जानुभएको हो ?

हो, नेपालमा पिसियल नर्सिङ पुरा गरेर ४ वर्ष नर्सिङ काम गरेँ । थप अध्ययनका लागि अष्ट्रेलिया आएँ । यहाँ काम गर्दै पढ्दै गरेर बीएन पुृरा गरेँ अहिले हस्पिटलमा स्टफ नर्स भएर सेवा गरेरहेकी छु ।

अष्ट्रेलियामा बसोबास गरेको कति भयो ?

म अष्ट्रेलियाको नागरिक नै भएर बसोबास गरेको अहिले ११ वर्ष भयो ।

अहिले पढ्दै हुनुहुन्छ कि टुंगियो ?

म नर्सिङमै मास्टर डिग्री गर्दै छु । बीचमा पढाइ छोडेर काम गर्न र एनआरुएनएमार्पmत समाज सेवातिर लागियो । फेरि पढाइलाई निरन्तरता दिँदै छु ।

अनि पढाइ, पेशा र समाजसेवालाई कसरी टाइम दिनुहुन्छ ?

इच्छाशक्ति भएपछि समय आफै मिल्छ । म रुटिङ बनाएर समयको म्यानेज गर्छु ।

एनआरएनएमा योभन्दा पहिलो कार्यसमितिमा कुन पदमा हुनुहुन्थ्यो ?

म २०१७–१९ को कार्यसमिति जुन अहिले चलिरहेको छ त्यसमा म निर्विरोध उपाध्यक्ष चयन भएकी हुँ । यसबाट मैले एनआरएनएको बारेमा धेरै कुरा सिक्ने र काम गर्ने मौका पाएँ । काम गर्ने अनुभव पनि भयो । टिमका सबै साथीहरुको सहयोग पनि मिल्यो । यसमा सबेर नेपालबाट अष्ट्रेलिया आई विभिन्न पेशा व्यवसायमा गरेर बसेका समुदायलाई आइपर्ने समस्या समाधानका लागि सक्दो भूमिका निर्वाह गरियो ।

चुनावमा कुन पदमा उठ्दै हुनुहुन्छ ?

यही जुलाई ६ मा हुन लागेको एनआरएनएको चुनावमा म को–अडिनेटर (अध्यक्ष) पदमा उठ्दै छु ।

उपाध्यक्ष हुँदा के त्यस्तो राम्रो काम गर्नुभयो र अध्यक्ष उठ्दै हुनुहुन्छ ?

म उपाध्यक्ष भएको २०१७–१९ कार्य समितिले धेरै राम्रा काम गरेहो छ । त्यसमा त्यसमा मैले पनि एनआरएनए भित्रका धेरै कुरा जान्ने मौका पाएँ । काम गर्ने तरिका पनि थाहा भयो । नेपालबाट साउथ अष्ट्रेलियामा आइ विभिन्न पेशा व्यवसाय गरेर बसेका नेपाललाई पर्न समस्याको समाधान गर्नेदेखि नेपालको पर्यटन क्षेत्रमा समेत टुवा पुग्ने काम गरिएको छ ।

पहिला त निर्विरोध हुनुभएको रहेछ अडिनेटर (अध्यक्ष) पदमा चुनाव जित्नुहुन्छ ?

आउँदो जुलाई ६ मा हुन गइरहेको साउथ अष्ट्रेलिया एनआरएनएको चुनावमा को–अडिनेटर (अध्यक्ष) पदमा निर्वाचित हुन्छु । मैले उपाध्यक्ष भएर धेरै दुःखमा परेका समुदायको सेवा गरेकी छु । नेपालको कल्चरलाई अष्ट्रेलियामा झल्काउने काम हाम्रो कार्यसमितिले गरेको छ ।

त्यसको अगुवाइ मैले गरेकी छु । त्यसबेला साउथ अष्ट्रेलियामा नेपाली कल्चर, भेषभुषा, जाति समुदायको पहिचान, धर्म, संस्कार, संस्कृतिको जगेर्ना लगायत थुप्रै कामको अगुवाई उपाध्यक्ष हुँदा गरेकी छु । नेपालको शेर्पा जातिको पहिचान झल्काउने काम गरेकी छु । त्यसकारण साउथ अष्ट्रेलियामा बसोबास गर्ने नेपाली साथीभाइले मलाई निर्वाचित गर्नुहुन्छ भन्ने विश्वास छ ।

अरु नेपालीलाई फाइदा पुग्ने काम के गर्नुभएको छ अष्ट्रेलियामा ?

मैले नेपालबाट पढ्न आएका भाइबहिनीहरु जो काम नपाएर, काम पाइहाले पनि परिश्रमिक नपाएर, अथवा बिरामी हुँदा खर्चका कारण उपचार नपाएर अलपत्र परेका हुन्छन् त्यस्ता व्यक्तिलाई खर्च जोहा गर्ने काम गरेकी छु । कोही व्यववारिसे रुपमा बिना खर्च मृत्यु भएका हुन्छन् उनीहरको लासलाई रकम जुटाएर नेपाल पठाइ उनीहरुको परिवारलाई जिम्मा लगाउने काम गरेकी छु ।

यसरी धेरै नेपालीको उद्दार गर्ने काम गरेको साथीभाइलाई थाहा छ । त्यसकारण पनि आउने चुनावमा मलाई साउथ अष्ट्रेलियामा बसोबास गर्ने गैरआवासीय नेपालीले मलाई अध्यक्ष पदमा निर्वाचित गर्ने छन् ।

जागिर अनि समाज सेवा कसरी भ्याउनुहुन्छ ?

‘जहाँ इच्छा त्यहा उपाय’ भन्छन्, म क्यालेन्डर बनाएर समयको मेनेज गर्छु । मेरो घर अष्ट्रेलिया नै भएकाले पनि मलाई एनआरएनएमा काम गर्न सजिलो हुन्छ । पहिलाको कार्यसमितिबाट पनि धेरै अनुभव बटुलिसकेकाले मलाई काम गर्न सजिलो छ ।

नेपालको भ्रमण वर्ष २०२० लाई कसरी सघाउनुहुन्छ ?

साउथ अष्ट्रेलियन वासीलाई नेपालको कला, संस्कार, संस्कृति र पर्यटनको बारेमा बुझाउन विभिन्न कार्यक्रमहरु गरेर । पर्यटकहरुलाई एकपटक नेपाल घुम्न जाउजाउ पार्ने गरी आकर्षित गराउने छु ।

विवाह गर्नुभयो ?

गरेँ, मैले अष्ट्रेलियन नागरिकसँग विवाह गरेको ४ वर्ष भयो । मेरो श्रीमान् विजनेस गर्नुहुन्छ । मेरो घरपरिवार सबै यंही हो । नेपालको पोखरा मेरो माइती घर हो ।

श्रीमान विजने म्यान हुनुहुँदो रहेछ उहाँको सहयोग छ ?

एदमै सहयोग छ । मेरो पेशाप्रति उहाँ अति खुसी हुनुहुन्छ । नर्सिङ पेशा र एनआरएन मार्पmत हुने समाज सेवामा उहाँको फुल्ली सहयोग छ ।

तपाईले एनआरएनमार्पmत समाज सेवा गरेकोमा श्रीमान सन्तुष्ट हुनुहुन्छ ?

एदमै सन्तुष्ट हुनुहुन्छ । उहाँकै सहयोगले म यहाँसम्म आउन सफल भएकी छु ।

श्रीमानले ब्यापारमा सघाउनुपर्छ राजनीति नगर्नु भन्नुहुन्न ?

भन्नुहुन्न । मलाई एनआरएनमार्पmत समाज सेवा गरेकोमा उहाँ धेरै खुसी हुनुहुन्छ ।

तपाईं अध्यक्ष पदमा निर्वाचित भएपछि नयाँ काम के गर्नुहुन्छ ?

यो संस्था पदमा हुनेहरुको मात्र होइन सबै गैरआवासीय नेपालीहरुको साझा संस्था हो भन्ने चिनाउँन चाहन्छु । त्यसमा अलि कमी भएको हो कि भन्ने भान भइरहेको छ ।