देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असल नेतृत्व नहुँदा देशको अवस्था कमजोर भएको छः बालकृष्ण खाँड

देशान्तर

अधिनायकवादी शैलीबाट अगाडि बढ्न चाहनेहरू,लोकतन्त्रलाई मनबाटै स्वीकार गर्न नचाहनेहरू, लोकतन्त्रलाई आफ्नो फाइदाअनुसार चलाउन खोज्नेहरूको कम्युनिस्ट सरकार अहिले हाबी भएका कारणले मानिसहरूमा अब के हुन्छ भन्ने जिज्ञासा जागिरहेको छ । मुलुक सुहाउँदो, मुलुकको राज्य व्यवस्था सुहाउँदो र मुलुकका नागरिकको जुन विविधता छ त्यो विविधतालाई सम्बोधन गर्न सक्ने खालको राजनीतिक नेतृत्वको हातमा मुलुको बागडोर रहेन अहिले ।

अहिले सरकार पनि लक्ष्यविहीन छ, प्रतिपक्ष पनि लक्ष्यविहीन छ । यही अवस्थाले मुलुक दुर्घटनामा पर्ने अनुमानहरू सार्वजनिक भइरहेका छन् । यस्तो स्थिति किन ?

सरकार अहिले हाम्रो हातमा छैन । नेकपाले सरकार चलाइरहेको छ र संघीय लोकतान्त्रिक गणतन्त्रको आगामी बाटो बनाउने र यसलाई सुरक्षित अवतरण गराउने दायित्व अहिलेको सरकारको हो । पछिल्ले निर्वाचनमा उहाँहरूले बहुमत ल्याउनु भएको र अहिले त्यसमा अरू दलहरूलाई थपेर दुई तिहाइ बहुमत पु¥याउनु भएको छ ।

सहजतापूर्वक सरकार चलाउने, संविधानलाई कार्यान्वयन गराउने र संविधानका प्रावधानहरूलाई अगाडि बढाउने, मुलुकमा शान्ति स्थायित्व र विकासलाई गतिदिने र जनतालाई सुखी र समृद्धि गराउने मूल दायित्व सरकारको हो । तर, यो क्रममा उहाँहरूले विभिन्न खालका असहज निर्णयहरू लिँदै आउनुभएको छ र यस्ता निर्णयले गर्दा देशमा अलिकति असहजको अवस्था सिर्जना भएको हो । यही ढंगले सरकार अगाडि गयो भने भोलिका दिनमा प्राप्त उपलब्धि नै गुम्ने पो हो कि भन्ने आशंकाहरू बढेका छन् ।

जहाँसम्म प्रमुख प्रतिपक्षको कुरा छ, नेपाली कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो र यो लोकतान्त्रिक ढंगबाट मात्रै अगाडि बढ्न सक्छ । लोकतान्त्रिक मूूल्य र मान्यबाट देश अगाडि जानुपर्छ भन्ने पक्षमा छ । लोकतन्त्र बिना नेपाली कांग्रेस मात्र हैन कुनै पनि पार्टी बलियो हुन सक्दैन ।

लोकतान्त्रिक मान्यताबाट जनताको चाहनाअनुसार आर्थिक समृद्धिको बाटो समाउनुपर्छ भन्ने कांग्रेसको मूल मन्त्र हो र यहीअनुसार हामीले प्रतिपक्षको भूमिका पनि निभाइरहेका छौं । मुलुकको विकास र समृद्धिका लागि, राष्ट्र र राष्ट्रियताका सवालमा, जनतालाई साथ र संरक्षण गर्ने कुरामा हामी पछि परेका छैनौं, दृढ संकल्पका साथ लागिरहेकै छौं ।

सरकार मजबुत हु“दाहु“दै पनि केही गर्न नसक्नाले जनता निराश भएका छन् । यस्तो बेलामा प्रमुख प्रतिपक्षले आशा जगाउन सक्नुपर्ने होइन र ?

यो कुरा हामीले पनि महसुस गरेका छौं । अहिले सरकारले जे जस्ता कामहरू गरिरहेको छ । भ्रष्टाचारका बिषयहरू जसरी आइरहेका छन् । सरकारको भनाइ र गराइमा जसरी भिन्नता आइरहेका छन् । यसले जनतामा निराशा पैदा गरेको छ । उनीहरू जुन तन्त्र आए पनि उस्तै रहेछ र योभन्दा त त्यही पो ठीक थियो कि भन्ने सोचमा पुगेका छन् । यो विषय नेपाली कांग्रेसको संसदीय दलको बैठकमा पनि उठेको हो ।

मेरो बुझाइमा यस्तो निराशा आउनुका पछाडि केही कारणहरू पनि देखिएका छन् । मूल कुरा नेपालमा जुन खालको धार्मिक विविधता छ, भाषिक विविधता छ, जातीय विविधता छ, सांस्कृतिक विविधता छ यो विविधतालाई राजनीतिले कसरी सम्बोधन गर्छ त्यसले पनि ठूलो असर पार्ने रहेछ । यी सबैखालका विविधतालाई लोकतान्त्रिक मूल्य र मान्यताले मात्रै सम्बोधन गर्न सक्छ । लोकतान्त्रिक पद्धति र नेपालमा जुन खालको संसदीय शासन व्यवस्था नेपालमा स्थापित छ ।

यसले सबैका सहअस्तित्वहरूलाई सम्बोधन गर्न सक्नुपर्ने थियो । तर, सरकारले सबैको सहअस्तित्वलाई सम्बोधन गर्न सकेको देखिएन । नेपालमा पछिल्लो निर्वाचनबाट कम्युनिस्ट सिद्धान्तमा विश्वास गर्नेहरू, कम्युनिस्ट सिद्धान्त र नीतिलाई कार्यान्वयन गराउनेहरू शासनमा भएका कारण यस्तो देखिएको हो । सरकारले आफू बाहेकका अरू कसैको सहअस्तित्वलाई स्वीकार गर्न सकेको छैन । अहिले जनताको इच्छा र चाहना लोकतान्त्रिक छ । मुलुकको संविधान लोकतान्त्रिक र संसदीय मूल्यमान्यतामा स्थापित छ । तर, शासनमा चाहिँ एकदलीय मान्यतालाई अगाडि बढाउनेहरू छन् ।

अधिनायकवादी शैलीबाट अगाडि बढ्न चाहनेहरू, लोकतन्त्रलाई मनबाटै स्वीकार गर्न नचाहनेहरू, लोकतन्त्रलाई आफ्नो फाइदाअनुसार चलाउन खोज्नेहरूको कम्युनिस्ट सरकार अहिले हाबी भएका कारणले मानिसहरूमा अब के हुन्छ भन्ने जिज्ञासा जागिरहेको छ । मुलुक सुहाउँदो, मुलुकको राज्य व्यवस्था सुहाउँदो र मुलुकका नागरिकको जुन विविधता छ त्यो विविधतालाई सम्बोधन गर्न सक्ने खालको राजनीतिक नेतृत्वको हातमा मुलुको बागडोर रहेन अहिले ।

बहुलबादमा आधारित बहुदलीय शासन व्यास्था हो अहिलेको । तर, उहाँहरूले बहुलबादमा विश्वासै गर्नुहुन्न । आफूले जे देख्यो त्यही सत्य हुन्छ, ज ेगर्न चाहनुहुन्छ त्यही नै सत्य हुन्छ उहाँहरूको शासनमा । अहिले बढेको निराशाको आधार पनि यही हो भन्ने लाग्छ मलाई ।

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ‘कु’ हुन्छ भनेर विश्लेषण भइरह“दा सरकारका पछिल्ला व्यवहारले पनि पुष्टि गर्दै गएको देखिन्छ । जनता कांग्रेसस“ग पनि आशावादी देखिदैनन् । के गर्छ कांग्रेसले अब ?

लोकतान्त्रिक शासन व्यवस्थाको मूल आधारशिला भनेको वैचारिक स्वतन्त्रता, वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता हो । नागरिकहरूले राम्रो देख्छन् राम्रो भन्छन्, खराब देख्छन् खराब भन्छन् । आम सञ्चारमाध्यमले पनि राम्रो गरे राम्रै लेख्छ । खराब गरेको भए उसको धर्म हो खराबै लेख्छ । तर, अहिलेको प्रधानमन्त्रीको यसमा छुट्टै व्याख्या छ । अहिलेको प्रधानमन्त्री र यो सरकारको राम्रो गर्ने सोचाइ र दृष्टिकोण नै भएको पाइँदैन ।

त्यसैले यो सरकारले राम्रो गर्न सकेन भनेर आमसञ्चार जगत्ले प्रधानमन्त्री र सरकारलाई सच्चिएर आउ, राम्रो काम गर्ने समय छ, काम गरभन्दा उहाँहरूलाई पचिरहेको देखिँदैन । राम्रो गर्न पनि नसक्ने र खराब सुन्न पनि नसक्ने त हुनु भएन नि । कसैले खराब पक्ष औंल्याइदियो भने सच्चिने मौका हुन्छ । सच्चिनका लागि पहिले अरूले भनेका कुराहरू धैर्यपूर्वक सुन्न सक्नुप¥यो । अहिले उहाँहरू यही ढंगले अगाडि बढिरहनु भएकाले सबैतिरबाट प्रहार भइरहेको छ ।

अन्य राजनीतिक दलहरूको अस्तित्वलाई पनि सहजतापूर्वक प्रधानमन्त्रीले नलिएको, सदनमा उठेका कुरालाई पनि धैर्यका साथ सुनेर त्यसको जवाफदिने क्षमता नभएको, बाहिर मिडिया जगत् र आम जनताले पनि उहाँहरूलाई सच्चिनका लागि आग्रह गरिरहेको अवस्थामा अहिलेका प्रधानमन्त्री सुधारको कुरा सुन्नै चाहनहुन्न । यसले गर्दा पनि समस्याहरू थपिका छन् ।

जहाँसम्म कांग्रेसले अब के गर्छ भन्ने प्रश्न छ, नेपाली कांग्रेस पार्टी नै जनताको पार्टी हो । जनताले जे चाहन्छ नेपाली कांग्रेस त्यसैगरी रूपान्तरण हुन्छ । नेपाली कांग्रेस बलियो भयो भने मात्रै जनता बलियो हुन्छ र देश पनि बलियो हुन्छ । अहिले नेपाली कांग्रेस कमजोर भएको अवस्थामा जनताका अधिकारहरू पनि कमजोर भएका छन्, देशको अवस्था पनि कमजोर भएको छ, लोकतन्त्रको अवस्था पनि कमजोर भएको छ ।

त्यसकारण अहिले नेपाली कांग्रेसलाई बलियो बनाउनु सबै जनता, आमनेता कार्यकर्ता र शुभचिन्तकको दायित्व हुन आएको छ । अब सबै मिलेर नेपाली कांग्रेसलाई बलियो बनाएर ल्याउन आवश्यक छ र यसका लागि सबैले आफ्नो क्षेत्रबाट दायित्व निर्वाह गरौ भन्ने मेरो आग्रह छ ।

पछिल्लो समयमा भ्रष्टाचार बढेका र मन्दिर वा संघसंस्थादेखि सरकारी जग्गा हडपेका समाचारहरू बढी आउन थालेका छन् । तर, कांग्रेसले यी विषयमा चासो राखेको देखि“दैन । किन ?

कांग्रेस यी विषयमा चुप लागेर बसेको छैन । हामीले संसदीय दलको बैठकबाट यी विषयहरूमाथि तत्काल छानबिन हुनुपर्छ भनेर सरकारलाई लिखित रुपमा नै दिएका छांै र विभिन्न फोरमहरूमा नेताहरूले आवाज पनि उठाइरहनु भएको छ । विडम्बना के छ भने हाम्रो प्रधानमन्त्री म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार पनि गर्न दिन्नँ भन्दै दिनहुँजसो भनिरहनु भएको छ । उहाँले सदनमै कति पटक भ्रष्टाचारीहरूले मेरो छेउमा आउन आँट गर्न सक्दैनन् भन्नु भएको छ । तर, उहाँको सरकार यति भ्रष्ट हँुदै गएको छ कि अहिले ठूला भ्रष्टाचारी भनेर आम कहलिएकाहरू उहाँकै अगाडि पछाडि हिँडिरहेका छन् ।

मेरो भनाइको अर्थ प्रधानमन्त्रीले भ्रष्टाचार गर्नुभयो भन्नै हैन । तर, उहाँले भ्रष्टाचारी र माफियाहरूलाई संरक्षण दिनुभयो । अहिले आएर उहाँ कहीँ पनि भ्रष्टाचार भएकै छैन भन्न थाल्नु भएको छ । भएको कुरालाई, लोकले मानेको कुरालाई त प्रधानमन्त्रीले मान्नुपर्ने हो । तर, उहाँ भ्रष्टाचार भएको कुरा स्वीकार्न त के सुन्न पनि चाहिरहनु भएको छैन । प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारको जग्गा भूमाफियाहरूले खाइसकेका रहेछन् । उहाँकै पार्टीका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भएको व्यक्तिको नाम पनि जोडिएर आयो ।

सहिद मञ्च, बसपार्क, मठमन्दिर र गुठीदेखि सरकारी जग्गा माफियाहरूले हडपिसकेका छ । तर, प्रधानमन्त्री यसलाई स्वीकार गर्न तयार हुनुहुन्न । आम जनताले भनिरहेका छन् सरकार अहिले विकासको दिशामा देशलाई अगाडि बढाउने समय हो । गल्ती नगर्नुस् । गलत बाटोमा गइरहनु भएको छ । सच्चिएर आउनुहोस् भनेर भनिरहेका छन् । आमसञ्चार जगत्ले भ्रष्टाचार कति बढेको छ, सरकारी सम्पत्तिको कति दुरुपयोग भएको छ भनेर देखाइरहेका छन् । तर, प्रधानमन्त्री न सञ्चारका कुरा मान्नुहुन्छ न जनताले औंल्याएका कुरालाई विचार गर्नुहुन्छ ।

आफू मात्रै राम्रो, आफूले जे गरे पनि राम्रो भन्ने हिसाबमा प्रधानमन्त्री गएकाले मान्छेहरू यो व्यवस्थाप्रति नै चिन्तित हुन थालेका छन् । जनताको आवश्यकता एउटा छ । करमाथि करको भार र महँगीले जनता आहात भएका छन् । तर, प्रधानमन्त्री सवै जनताले बल्ल सरकारको महसुस गरेको भनिरहनु भएको छ । सडकमा धुलो उडेर स्थानीयले सडक बन्द गराएर यातायात अवरुद्ध गराएका छन् । प्रधानमन्त्री संसद्मा भाषण गर्नुहुन्छ, यो वर्ष कतै धुलो छैन, जनताले मास्क लगाउन छाडिसके ।

यस्ता प्रधानमन्त्रीले शासन चलाएका समयमा निराश नभएर जनताले के गरून् । कुनै लेखकलाई प्रधानमन्त्रीले राम्रो मान्नुहुन्न । कुनै नागरिक समाजलाई प्रधानमन्त्री राम्रो मान्नुहुन्न । कुनै दलको भनाइ र मागलाई वास्ता गर्नुहुन्न । आम सञ्चार जगत्लाई उहाँले देख्न सक्नु हुन्न । अहिले सरकारले जसरी आफूलाई अगाडि लान खोजिरहेको छ त्यो देशका लागि दुर्भाग्यपूर्ण छ र स्वयम् प्रधानमन्त्रीका लागि पनि दुर्भाग्यपूर्ण हुनेछ ।

संघीय सरकारको सिको गर्दै नगर र गाउ“ तहमा पनि भ्रष्टाचार बढ्न थालेका खबरहरू आइरहेका छन् । पछि भ्रष्टाचारकै कारण संघीयता नै धरापमा त पर्दैन ?

यस्तै ढंगले सरकार अगाडि बढ्यो र यसलाई नियन्त्रणको प्रयास गरिएन भने भोलिका दिनमा व्यवस्था त के होला भन्न सकिन्न तर, नेतृत्व चाहिँ धरापमा पर्छ । कुनै गाउँपालिका, नगरपालिका वा प्रदेश स्तरमै पनि यसलाई रोकिएन भने पहिले मतदान गर्ने जनताले नेतृत्वलाई हेर्छन् । आफूले चुनेर पठाएको नेतृत्वले काम गरेन । जनताका लागि आएको रकममा भ्रष्टाचार ग¥यो भने त्यसलाई जनताले परिवर्तन गर्न सक्छन् ।

अहिलेसम्मको विधि नै यही हो । तर, यस्तो खालको नेतृत्व हाबी भयो र जनताले परिवर्तन गर्ने कुरामा विचार पु¥याएनन् भने भोलि व्यवस्थाप्रति पनि वितृष्णा खडा हुन सक्छ र समाजमा अर्को द्वन्द्व निम्तिने खतरा हुन्छ । यो नियम केन्द्रमा पनि लागू हुन्छ । अहिले नेतृत्वका ओलीजी हुनुहुन्छ । उहाँको सरकार छ । जनताले बारम्बार सचेत गराइरहेका छन् । भोलिका दिनमा पनि जनताको कुरा नसुन्ने र जनताले दिएको अर्तीलाई आत्मासाथ नगर्ने हो भने उहाँ त जानुहुन्छ हुन्छ सँगै भर्खरै जन्मिएर शिशु अवस्थामा बामे सर्दै गरेको व्यवस्था पनि त लथालिंग अवस्थामा पुग्छ ।

यसका संरचनाहरूको विकास भएको हँुदैन । सबै संरचनाहरू तयार नभएको अवस्थामा जनताले चाहेअनुसारको सेवा पाउन सक्दैनन् र व्यवस्थाप्रति वितृष्ण जाग्न थल्छ र यसको ठीक विपरीत जो जो अहिलेको व्यवस्थालाई असफल बनाउने मार्ग खोजिरहेका छन् उनीहरूले टाउको उठाउने अवस्था आउन सक्छ ।

त्यसकारण अहिलेदेखि नै आफूले लडेर ल्याएको व्यवस्थाप्रति जनता चनाखो भएर बस्नुपर्छ र हामी राजनीतिक दलहरू पनि सचेत हुनुपर्ने समय आइसकेको छ । उहाँले गरेका क्रियाकलापले जनतालाई पीडामा पु¥याउँछ, मुलुकको संविधान कानुनमा बेथिति ल्याउँछ, शान्तिसुरक्षामा खलल पुग्छ, मुलुकमा अनियमितता र भ्रष्टाचार बढेर जान्छ र मुलुकको राष्ट्रियता पनि कमजोर हुन्छ भने हामी सबै मिलेर खबरदारी गर्नुको अर्को विकल्प रहँदैन ।

सरकारप्रति असन्तुष्टिहरू बढिरहेका बेला प्रतिपक्ष सशक्त भएर आउनुपर्ने हो । तर, तपाईंहरूको आन्तरिक विवादले गर्दा पार्टी थिलथिलो भइसकेको छ । यस्तो कांग्रेसबाट के आशा गर्ने ?

कांग्रेसभित्र केही आन्तरिक विवाद भए पनि हामीले आफ्नो जिम्मेवारी र गर्नुपर्ने धर्मलाई छाडेका छैनौं । कांग्रेस नीतिगत विषयमा स्पष्ट छ । नेताहरूका बीचमा केही असन्तोष, अलग धारणा रहे पनि हामीले अहिलेसम्म सहमतिकै आधारमा आफ्ना धारणाहरू सार्वजनिक गर्दै आएका छौं । नीति र कार्यक्रममा हामी प्रस्ट छौं र यसमा खासै कसैको असहमति पनि छैन । तर, प्रतिस्पर्धाको होडबाजी भने नेपाली कांग्रेसमा आवश्यकताभन्दा बढी छ ।

यो कुरालाई म स्वीकार गर्छु । अहिले कांग्रेसमा गुटको राजनीतिले प्रश्रय पाएको हुनाले पार्टीलाई केही घाटा पनि भएको छ । यो गुटे राजनीतिलाई व्यवस्थापन गर्दै नेतृत्वको प्रतिस्पर्धालाई पनि जोसका रूपमा नभई व्यवस्थित रूपमा गराउँदै अहिले पार्टीलाई सशक्त र बलियो बनाउने तर्फ लाग्नुपर्छ । यो विषयलाई मिलाएर पार्टी व्यवस्थित बनाउन ढिला भइसकेको छ । पछिल्लो समयमा आएर नेताहरूले यो कुरा महसुस पनि गरेका छन् ।

अहिलेको हामी सबैको मूल दायित्व भनेको नेपाली कांग्रेसलाई बलियो बनाउने हो र यसलाई जनताको बीचमा लगेर, जनजागरण गरेर नेपालको लोकतन्त्रका लागि नेपाली कांग्रेसले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्छ । त्यसकारण अहिले जनताले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा गर्न सक्दैन कि भने चिन्ता गरिहाल्नुपर्ने अवस्थामा कांग्रेस पुगेको छैन । जनताको साथ र सहयोग पाएसम्म जनताका अधिकारको रक्षा कांग्रेसले गर्छ । पार्टीमा अहिले नेता बन्नेमा तीब्र प्रतिस्पर्धा छ ।

अब यो प्रतिस्पर्धालाई व्यवस्थित बनाउँदै जतिखेर महाधिवेशन हुन्छ त्यो समयमा को नेता बन्ने, को पदाधिकारी बन्ने त्यहीबेला प्रतिस्पर्धा गरौंला । अहिले प्रतिस्पर्धाभन्दा पनि संगठनलाई विस्तार गरेर पार्टीलाई उचाइमा पु¥याउने हो । हजारांै हजार जनतालाई साथ लिएर नेपाली कांग्रेस अगाडि बढ्यो भनेमात्रै संविधानको रक्षा हुन सक्दछ । त्यसकारण अहिले हाम्रो उद्देश्य भनेको पार्टी कार्यकर्ताहरूलाई एक ढिक्का बनाउँदै जनतालाई पनि जनजागरणमा सहभागी बनाएर जनताका लागि नेपाली कांग्रेस र कांग्रेसका लागि जनता हुने माहोल बनाएर अगाडि जाने तयारीमा छांै ।

तपाईंले संगठनका कुराहरू उठाइहाल्नु भयो । १४औं महाधिवेशन आउन धेरै समय बा“की छैन । तर, केन्दीय विभागहरू गठन भएका छैनन् र सबै संगठनहरू लथालिंग भएको अवस्थामा जनजागरण लिएर जानुभएको छ । जनतालाई के भनेर सम्झाउनुहुन्छ ?

पछिल्लो पटक नेपाली कांग्रेसको वैधानिक प्रावधानअनुसार गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्मका सबै पदहरूमा चुनाव भयो । एउटा पदमा एक जनाले जित्ने भो र अरू धेरैले हार्ने भए र हारेकाहरूले जितेकाहरूलाई सहयोग गर्ने खालको थिति मिलाउन नेपाली कांग्रेसमा सकिएन । विधि र विधानअनुसार चुनाव जितेकाले नीति बनाउने हो । पार्टी चलाउने हो । तर, अहिले गाउँदेखि केन्द्रसम्मका सभापतिहरूलाई सहज रूपमा काम गर्ने दिने परिपार्टी अहिले नेपाली कांग्रेसमा छैन ।

पहिले अलिअलि थियो त्यो विस्तारै हराएर गइसक्यो । जितेकाले भन्दा पनि हारेकाहरूको बोलवाला पार्टीमा बढी भयो । जितेकालाई भन्दा हारेकालाई केन्द्रदेखि तल्लो तहसम्म बढी सिट पनि चाहिएको छ । त्यसकारण अहिले कांग्रेसमा हारेकाले पार्टी चलाउने हो कि जितेकाले पार्टी चलाउने भन्ने विषयमा हानाथाप भइरहेको छ । नियमअनुसार त जितेकाले पार्टी चलाउनुपर्ने हो । यो कार्यकालमा पार्टी यही अमलबाट अगाडि बढ्यो ।

जितेकाले पार्टी चलाउने वातावरण नभएका कारण पार्टी धेरै झगडा होला, धेरै तनाव होला, आन्तरिक कलह बढ्यो भने पार्टी कमजोर होला र मिलाएर गरौंला भन्दाभन्दै निर्वाचनपछि अहिलेसम्म पार्टी गरौंलामै अड्किएको छ । त्यसले गर्दा केन्द्रीय कार्यसम्पादन समिति पनि बन्न सकेको छैन, केन्द्रीय विभागहरू पनि बन्न सकेका छैनन् ।

त्यसैले हामीले सभापतिलाई भनेका छौं तपाईंले चाँडो अरू नेताहरूसँग पनि छलफल गर्नुस्, सहमति गर्नुस् र यदि सहमति जुट्न सकेन भने पनि केन्द्रीय समितिको बैठक बोलाउनु होस् र अहिलेलाई के कसरी हुन्छ विभागहरू बनाएर महाधिवेशनमा जाने काम गरौं र पार्टीको संगठन विस्तारतिर लागौं भनिरहेका छौं । तर, नेपाली कांग्रेसभित्र के नराम्रो रोग लाग्यो भने सबैलाई समेट्न र मिलाएर जाने भनेको भागबन्डा गर्ने हो भन्ने कुरा विकसित भयो र पार्टी यो अवस्थामा पुग्यो ।

अब नेताहरूको चेत खुलेको महसुस हामीले गरेका छौं । चाँडै विभागहरू गठन हुनेछन् र हामी संगठन विस्तारका लागि गाउँ जाने छांै । जनताका माझमा जान ढिला भइसकेको छ । यस्तै ढिलासुस्तीका बाबजुद अहिले जागरण कार्यक्रम सुरु भएको छ । यसमा सबै नेताहरूले आआफ्नो जिम्मेवारी पूरा गरिरहनु भएको छ । अब पार्टीभित्रको चरम गुटबन्दी र भागबन्डाको संस्कारलाई अन्त्य गर्न आवश्यक भइसकेको छ र हामी त्यसतर्फ अहिले केन्द्रित भएका छांै ।