काठमाडौं । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालको सेवाप्रवाह बन्द हुँदा नागरिकको स्वास्थ्यसम्बन्धी अधिकार हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोगले सरकारी अस्पतालका आकस्मिकबाहेकका सेवा ठप्प हुँदा घाइते तथा बिरामीहरुको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको भन्दै आपत्ति जनाएको हो । पेसागतरुपमा देखिएका असन्तुष्टिलाई वार्ताको माध्यमबाट हल गर्न दुवै पक्षलाई आग्रह गर्दै स्वास्थ्य सेवा तत्काल सुचारु गर्नुपर्ने आयोगको सुझाव छ ।
विगत पाँच दिनदेखि सरकारी चिकित्सकको आन्दोलनका कारण मुलुकभरका सरकारी अस्पतालको सेवा प्रभावित भएको छ । संघीय सरकारले गरेको कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सक संघ ९गोदान०ले गरेको आह्वानअनुसार चिकित्सकहरुले सेवा बहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया