ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका राजदूत मास्फी विन्ते साम्सबीच भेटवार्ता भएको छ ।
ऊर्जासम्बन्धी बंगलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अघि बढाउन सरकार तत्पर रहेको पनि पुनले सो अवसरमा बताए । भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री पुनले बंगलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो। सो अवसरमा बंगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता रहने जानकारी दिँदै ऊर्जा क्षेत्रमा लगानीका लागि बंगलादेश सरकार इच्छुक रहेको बताउनुभयो ।
प्रतिक्रिया