काठामाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको बताए । उनले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको दाबी गरे ।
उनेले आफनो कार्यकालमा वाइडबडी विमान खरिदबारे कुनै निर्णय नभएको र रकम समेत नगएको बताए । देउवाले आफु प्रधानमन्त्री हुनुभन्दा अगाडी विमान खरिदका लागि केहि रकम गएको, आफ्नो कार्यकालमा एककिस्ता रकम पठाउने प्रस्ताव आएपनि निर्वाचनका कारण त्यो रकम ओली प्रधानमन्त्री भएपछि मात्रै गएको स्पस्ट पारेका छन ।
सभापति देउवाले नेपाली काङ्ग्रेस महासमितिको बैठकपछि पार्टी एक ढिक्का भएको दाबी गरे । फरक प्रसङ्गमा देउवाले नेविसङ्घको विवाद चाँडै समाधान गरिने पनि बताएका छन ।
प्रतिक्रिया