देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक विभागले काम गरेनः भौतिक पूर्वाधारमन्त्री महासेठ

देशान्तर

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन । मन्त्री महासेठले इमान्दार ढंगले काम नगर्ने सडक विभाग, रोडस् बोर्ड लगायतका संस्थामाथि कडा कार्वाही गर्ने चेतावनी पनि दिएका छन् ।

उनले सडक विभागकै कारण काठमाडौंको रोडमा जनताको अपेक्षाअनुसार सुधार आउन नसकेको भन्दै स्रोत र साधनको दुरुपयोग नभएको भए काठमाडौंको सडक व्यवस्थित भईसकेको हुनुपर्ने बताए ।

आज काठमाडौंमा आयोजित रोडस् बोर्ड, नेपालको १६ औं वार्षिक साधारण सभामा उनले आगामी चैत्र महिनाभित्र काठमाडौंको सडकलाई व्यवस्थित बनाउने गरी सडक विभाग, रोडस् बोर्ड, नेपाललगायतका संस्थाहरुलाई सरकारले गतिशील बनाईरहेको दावी गरे । मन्त्री महासेठले संवैधानिक व्यवस्था अनुकूल हुने गरी सडक ऐन संशोधनको कामलाई अघि बढाइएको पनि स्पष्ट पारेका छन ।

उनले सडकको उचित व्यवस्थापन गर्न आवश्यक बजेटको व्यवस्था गरिदिन प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको पनि जानकारी दिएका छन् । मन्त्री महासेठले कानुन र संरचना निर्माणमा धेरै समय दिनुपरेकाले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको स्पष्टिकरण पनि दिएका छन् ।

उनले सडकको कामलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहमा पनि रोडस् बोर्ड, नेपालको कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताए ।