० १ - ४१०२५७३ / ७४


पार्टीको दवावपछि मन्त्री फेर्न प्रधानमन्त्री ओलीलाई सकस

प्रकाशित मिति: ९ पुष २०७५, सोमबार १५:४०   देशान्तर


काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्रिपरिषद्बाट केही मन्त्रीहरू परिवर्तन गर्ने तयारी गरेका छन् । तर, पार्टी एकता सम्पन्न भई नसकेकाले प्रधानमन्त्री ओलीलाई मन्त्रीहरू परिवर्तन गर्न समस्या भएको नेताहरूले महसुस गर्न थालेका छन् ।

पार्टीको स्थायी कमिटीको बैठक बस्नुभन्दा अगाडि पनि प्रधानमन्त्री ओली केही मन्त्रीहरू परिवर्तन गर्न चाहन्थे । तर, सरकार गठनपछि पार्टी एकता भएकाले उनले आफूले चाहेर पनि मन्त्रीहरू परिवर्तन गर्न सकेका थिएनन् । अहिले पार्टी दबाबलाई आधार बनाएर मन्त्रिपरिषद् पुनर्गठन गर्ने बाटो ओलीका लागि केही सहज भए पनि अहिले हटाउनुपर्ने मन्त्रीहरूको सूचीमा पूर्व एमाले र माओवादीका भागबन्डा र सहमतिका आधारमा भएकाले ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न समस्या परिरहेको नेताहरूले बताएका छन् ।

अहिले नेकपामा सबैभन्दा पहिले मन्त्रीबाट हटाउनेको नाममा पहिलो नम्बर गृहमन्त्री रामबहादुर थापा रहेका छन् भने अर्का प्रधानमन्त्री ओलीका विश्वासपात्र अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि हटाउनुपर्ने पार्टीबाटै दबाब आइरहेको छ । नेकपाको जारी स्थायी कमिटीको बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री खतिवडा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ भूमिसुधार मन्त्री पद्मा अर्याल, उद्योगमन्त्री मात्रिका यादव र सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई मन्त्रिपरिषद्बाट हटाएर नयाँ मन्त्रीहरू लानुपर्ने आवाज उठिरहेको छ ।

एकैपटक ६ जना मन्त्रीहरू परिवर्तन गर्दा जनतामा नराम्रो सन्देश जाने भन्दै सल्लाहकारहरूले पनि प्रधानमन्त्री ओलीलाई अहिले मन्त्रिमण्डल परिवर्तन गर्न नहुने सुझाव दिइरहेका छन् । पछिल्लो समयमा आफू अस्वस्थ्य भएको अवस्थामा प्रधानमन्त्रीको नियमित कामको लागि भन्दै राखिएका सल्लाहकारहरूले पनि प्रधानमन्त्री ओलीलाई राम्रो सुझाव र सल्लाह नदिएको भन्दै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारलाई पनि हटाउनुपर्ने आवाज उठिरहेको छ ।

अहिले स्थायी कमिटीका सदस्यहरूले उठाएका नामका विषयमा पहिलेदेखि नै प्रधानमन्त्री स्वयम् पनि असन्तुष्ट रहँदै आएका थिए । नेकपामा यी मन्त्री विषयले सरकार आलोचित भइरहेको ठहर गरिएको छ । आफ्नै सांसदहरूले एकपछि अर्को गर्दै सरकारमा शक्तिशाली मन्त्रीका रूपमा चिनिएका मन्त्रीहरूको राजीनामा माग्न थालेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितको सचिवालयको केही सदस्यहरूसमेत समस्यामा पर्न थालेका थिए । अहिले बैठकमै औपचारिक रूपमा नाम किटेर नै सदस्यहरूले प्रश्न उठाएका छन् ।

यसअघि प्रधानमन्त्रीका विश्वासपात्रका रूपमा चिनिएका अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा मागेका नेकपाका सदस्य तथा सांसदहरूले अहिले प्रधानमन्त्री ओलीका अर्का विश्वासपात्र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरिरहेका छन् । नेकपाका सांसदहरूले प्रधानमन्त्रीका दुई विश्वासपात्र महासेठ र खतिवडासँग अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्रका रूपमा रहेका गृहमन्त्री रामबहादुर थापाको पनि राजीनामाको प्रसंंग उठेको छ ।

अर्थमन्त्री खतिवडाले जिम्मेवारी पाएदेखि नै लगातार सरकारको नीतिविपरीत गएर अलोकप्रिय निर्णय गर्न थालेपछि पार्टीभित्र उनीप्रति चर्को असन्तुष्टि बढिरहेको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसमेत खतिवडाको विपक्षमा देखिएका छन् ।

खतिवडाका कारण अहिलेको सरकारसँग निजी क्षेत्र रुष्ट बन्दै आएको छ । वैदेशिक लगानी र सहायता बिना नेपालको विकास सम्भव नरहेको अवस्थामा अर्थमन्त्री भएका खतिवडाले स्वदेशी र विदेशी लगानीमा समेत प्रत्यक्ष प्रभाव पार्ने गरी बजेट बनाएको आरोप उनीमाथि लागेको छ । उनले बजेटमा करको दर र दायरा बढाउँदा सरकारको चौतर्फी आलोचना भइरहेकाले पनि सांसदहरूले उनको राजीनामा मागिरहेका हुन् । ओली निकट मानिएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले त बैठकमा खुलेरै खतिवडाको राजीनामा मागेका छन् ।

यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई राजीनामा गराउन नेतृत्व तहमा दबाब परेको छ । नेकपाका नेताहरूले विभिन्न ठाउँमा बिग्रिएका सडक र अलपत्र भएका निर्माण कार्य अघि बढाउन नसकेको आरोप उनीमाथि लागेको छ । टेन्डरलगायतका विषयमा कमिसन लिएर काम गरेको, विकास निर्माणका कामले गति नलिँदा जिल्ला जान नसकिएको र यो सरकारप्रति जनता निराश हुँदै गएको भन्दै महासेठको राजीनामा माग गरिएको छ ।

महासेठप्रति संसद्मै पनि नेकपाका सांसदहरूले राजीनामा माग गरेको थिए । सरकार अहिले सबैभन्दा अलोकप्रिय बन्नुमा मुख्य भूमिका गृहमन्त्रीको भएको भन्दै उनको राजीनामा पहिलो नम्बरमा हुनुपर्ने माग चार्किएको छ ।

गृहमन्त्री थापाका कारण जनतामात्र नभएर जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीसमेत असुरक्षित रहेको आभास हुन थालेको छ । पछिल्ला घटनाक्रमलाई हेर्दा मात्रै पनि गृहमन्त्री थापा सुरक्षा कायम गराउन पूर्ण रूपले असफल देखिएका छन् । उनका कारण प्रहरी प्रशासनसमेत आलोचनाको पात्र भइरहेको छ ।

प्रहरी संगठनभित्र अब्बल र सक्षम मानिएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत गृहमन्त्री थापाको छायाँमा परेका छन् । खनाल अहिले विगतका महानिरीक्षकभन्दा निरीह र गुमनाम हुन थालेका छन् । खनालको पछिल्लो व्यवहारलाई लिएर प्रहरी संगठनभित्रै उनको आलोचना बढ्न थालेको छ । प्रहरी अधिकारीको सुरुवादेखि सुरक्षा कायम गराउने कुरामा खनाल असक्षम भएको चर्चा प्रहरी संगठनभित्र सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

विराटनगर । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले दुई तिहाईको वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न.....

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तुको सडक दुर्घटनामा मृत्यु हुने क्रम बढ्दै गएपछि.....

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठकमा सहभागी भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल.....

काठमाडौँ । पार्टीको स्थायी कमिटीका सबैजसो सदस्यले मन्त्रिपरिषद् पुनर्गठनको माग उठाएपछि प्रधानमन्त्री केपी.....

काठमाडौं । स्थानिय तहको चुनावलाई मध्यजनर गर्दै नेपाली कांग्रेस निकट कलाकारहरुले नयाँ चुनावी गित वजारमा.....

नवलपरासी । कुनै बेला युवा उद्योगपतिको रूपमा इज्जत कमाएका राजेन्द्र खेतान पछिल्लो समय बदनाम छन् । कहिले कर छलेको.....

काठमाडौँ । भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै.....

केही दिनअघि निकै तामझामका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित वाम गठबन्धनले चुनावी घोषणापत्र.....

पछिल्लो समयमा नेपाली कांग्रेसको राजनीतिमा जे जे भयो, त्यसलाई हेर्दा यो निराश हुने मत होइन । किनकि नेपाली.....

© 2019 www.deshantarnews.com. All Rights Reserved, Maintained By : Rillmark

shares