देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सातौँ कर दिवस आज

देशान्तर

काठमाडौं । कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नारासाथ आन्तरिक राजश्व विभागले आजदेखि सातौँ राष्ट्रिय कर दिवस साताव्यापी रूपमा मनाउने भएको छ ।

विभागका महानिर्देशक विष्णुप्रसाद नेपाले आजदेखि मनाउन लागिएको सातौँ कर दिवससमेत करदाताको सहभागिता बढाउनमै केन्द्रित रहने बताउनुभयो । आज काठमाडौँमा प्रभातफेरीसहित अर्थमन्त्री डा युवराज खतिवडाको सहभागितामा विशेष कर्याक्रम गर्ने भएको छ ।

यसैबचि प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

‘कर समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराका साथ आजदेखि साताव्यापी रूपमा कर दिवस मनाउन लागिएको सन्दर्भमा उहाँले कर दिवसले सम्पूर्ण नेपालीलाई असल नागरिकको दायित्व पूरा गर्न प्रेरित गर्दै कर प्रणालीलाई प्रभावकारी रूपमा पालना गर्न प्रोत्साहन मिलोस् भन्ने शुभेच्छा प्रकट गरेका गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको असोज महीनासम्म राजश्व सङ्कलनमा ९४ प्रतिशत उपलब्धि हासिल भइसकेको बताउनु भएको छ ।
राजश्व सङ्कलनको यो उत्साहजनक क्रमले अझै गति पाउनेछ र समृद्ध नेपाल, सुखी नेपालीकोे सझा सङ्कल्प पूरा हुने बताउनु भएको छ ।

वर्षौँदेखिको राजनीतिक सङ्घर्षको चरण पार गरेर आर्थिक विकास र रुपान्तरणको युगमा प्रवेश गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब स्रोतको प्रभावकारी परिचालन गर्दै आर्थिक वृद्धिदरलाई तीव्र र दिगो बनाउन राज्यका सबै संरचना परिचालन हुनैपर्नेमा जोड दिनुभएको छ ।