देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इरानमाथि अमेरिकाद्धारा कडा प्रतिबन्ध

देशान्तर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि फेरि प्रतिबन्ध लगाएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौता अनुसार हटाइएका प्रतिबन्ध ट्रम्प प्रशासनले फेरि लगाएको हो ।

इरानमाथि लागेको यो अहिलेसम्मकै कडा प्रतिबन्ध रहेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । प्रतिबन्ध विशेष गरी उर्जा, समुद्री यातायात र बैंकिङ्ग क्षेत्रमा लक्षित छ ।

इरानबाट तेल आयात गर्दै आएका ८ देशलाई भने कुनै किसिमको प्रतिबन्ध वा कारवाही तोकिएको छैन । ट्रम्पले सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराम ओबामा प्रशासनले इरानसँग गरेको परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका हुन् ।

तर युरोपियन युनियनले भने सम्झौताको पक्षमा वकालत गर्दै आएको छ । प्रतिबन्ध नोभेम्बर ५ देखि लागु हुँदैछ ।