काठमाडौं । माथिल्लो ताकोशीको जलविद्युत आयोजनाले आजदेखि सेयर बाँडफाँड गर्ने भएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले ४ महिनापछि कात्तिक १४ गते आजदेखि बाँडफाँड गर्ने भएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो ।
कम्पनीको आईपीओमा २ लाखभन्दा बढी स्थानीय बासिन्दाबाट आवेदन परेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयहरुलाई ‘क’, ‘ख’ र ‘ग’ गरी ३ वर्गमा बर्गीकरण गरेर सेयर जारी गरेको थियो । आयोजनाबाट अति प्रभावितलाई ‘क’ बर्गमा, मध्यम प्रभावितलाई ‘ख’ वर्ग र कम प्रभावितलाई ‘ग’ वर्ग गरी ३ तहको बर्गिकरण आयोजनाले गरेको थियो ।
कम्पनीले बर्गीकरण अनुसार सेयर बाँडफाँड गर्ने जनाइएसको छ । सेयर बाँडफाँड गर्दा आवेदकलाई न्यूनतम ३० देखि ९० कित्तासम्म सेयर वितरण गर्ने बिक्री प्रबन्धकको तयारी छ । स्थानीय लागि छुट्याइएको सेयर बाँडफाँडपछि सर्वसाधरणका लागि सेयर निष्कासन गर्ने कम्पनीको तयारी रहेको छ ।
प्रतिक्रिया