देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा क्याभाना नियुक्त

देशान्तर

वासिङ्टन । विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त भएका छन्। अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो। न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ।

सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिएका थिए। तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आएका थिए।
नुभएको थियो ।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो। न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गरेका थिए। उनले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आएका थिए।