देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मलेसियाली पूर्व प्रधानमन्त्री पत्नी भ्रस्टाचारको आरोपमा पक्राउ

देशान्तर

काठमाडौँ । मलेसियाका पूर्व प्रधानमन्त्री नाजीब रजाककी पत्नी रोस्मा मनसोर भ्रस्टाचारको घटनामा पक्राउ परेकी छन्। स्थानीय संचार संस्थाका अनुसार बुधबार उनलाई खरबौं डलरको भ्रस्टाचारको घटनामा प्रहरीले पक्राउ गरेको हो। यद्यपी बुधबार उनलाई किन पक्राउ गरिएको भन्नेबारे केही खुलाइएको छैन्।

अघिल्लो हप्ता पनि उनलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। उनले उपयोग गर्ने विभिन्न सामाग्रीहरु महंगा भएका कारण मलेसियाको भ्रस्टाचार विरोधी संस्थाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। रोस्माका पती मलेसियाका पूर्व प्रधानमन्त्री नाजीब अरबौं डलरको भ्रस्टाचारको आरोपित हुन्। उनले सन् २००९ देखि २०१८ को मेसम्म मलेसियाको प्रधानमन्त्री थिए। उनले सो क्रममा राज्यको ढुकुटीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर भ्रस्टाचार गरेको आरोप लागेको छ।

गत महिना उनीमाथि २ घण्टा भ्रस्टाचारको बारेमा सोधपुछ भएको थियो। यसै वर्षको प्रधानमन्त्री पदको निर्वाचनमा नाजीब पराजित भएपछि महाथिर बिन मोहम्मदको सरकारले नाजीबमाथि भ्रस्टाचारको आरोप लगाउँदै अनुसन्धान गरिरहेको छ। चुनावपश्चात सरकारले नाजीबका पत्नी रोस्मा मनसोरको सम्पत्ती सहित २७ करोड २० लाख खोसेको छ। त्यस सम्पत्तीमाथि समेत अनुसन्धान जारी छ।