काठमाडौं । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परेर पाँच जनाको मृत्यु भएको छ ।
तटीय क्षेत्रमा ७ दशमलब ५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पपछि आएको सुनामीका कारण ५ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सुनामीका कारण त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । स्थानीय प्रशासनले सुनामीको खतराको संकेत गरेको केही समयमा सुलावेसी टापुमा २ मिटर अग्ला सामुन्द्रिक छालसहितको सुनामी आएको हो ।
सुनामीका कारण तटीय क्षेत्रका अधिकांश संरचनाहरु भत्किएका छन् । स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । इन्डोनेसियाको मौसम तथा भूगर्भ विभागले सुनामी केही मत्थर भएको बताएको छ ।
इन्डोनेशियामा गत महिनामात्रै लोमबोक टापुमा आएको भूकम्पका कारण सयौंको मृत्यु भएको थियो । यसअघि सन् २००४ मा भूकम्पका कारण सुमात्रा टापुमा आएको सुनामीका कारण मात्रै हिन्द महासागर क्षेत्रका करिब २२ लाख ६० हजार जनाले ज्यान गुमाएका थिए । जसमध्ये १२ लाख इन्डोनेसियन थिए ।-एजेन्सी
प्रतिक्रिया