काठमाडौं । अमेरिकी कमेडियन बिल कोस्बीलाई यौन हिंसाको मुद्दामा १० वर्षको जेल सजाय भएको छ । पेन्सिलभेनियाको रहेको अदालतका न्यायाधीशले कोस्बीमाथि लागेको यौन हिंसा सम्बन्धी मुद्दामा फैसला गर्दै १० वर्षको जेल सजाय सुनाएका छन ।
८१ वर्षका कोस्बीलाई अदालतले यौनिक रुपले हिंस्रक रहेको पनि बताएको छ । यसको अर्थ कोस्बीलाई जीवनभर परमार्श सेवा दिइने छ र यौन हिंस्रकको सूचिमा उनको नाम चढाइने छ ।
अभिनेता कोस्बीले अदालतको फैसला बारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन । बोस्की सन् २००४ मा एन्ड्रिया कोन्स्ट्याण्डमाथि गरेको यौन हिंसामा दोषी पाइएका हुन् । कोस्बीले गरेको अपिल अदालतले अस्वीकार गरेको छ ।
प्रतिक्रिया