देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह : संसदीय छानबिन समिति

देशान्तर

काठमाडौं । सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समितिले जनाएको छ ।
शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।
छलफलमा सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवाह भएको जानकारी सरकारी संयन्त्रले दिएको समितिलाई दिएको हो ।
समिति सभापति सूर्य थापाका अनुसार जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा समिति पुगेको छ ।
यस सम्बन्धमा नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय उजुरी दर्ता भएको जनाएको छ । समिति बैठकमा उपस्थीत भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी दिएका हुन् ।
५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको र ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेको जानकारी प्राप्त भएको ले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध अनुसन्धान विभागले सहकारीसम्बन्धी उजुरीको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा ११ सय प्रतिवादी मध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको छ ।
गृह प्रशासनले बचतकर्ताको बचत फिर्ता गर्न अहिलेकै प्रक्रियाबाट सम्भव नदेखिएको जानकारी समितिलाई दिएको छ । आगामी बैठकमा राष्ट्र बैंक र बैंकिङ क्षेत्रसँग छलफल गर्ने समितिको तयारी छ ।