देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा-देवसेन उन्मादिनी



राजा देवसेन, घर त फर्के तर उनको अवस्था विचित्रको भयो । उन्मादिनीले, राजाले उपेक्षा गरेर अपमानको चरम सीमामा पुगेकी उन्मादिनीलाई आफ्नो रूपमाथि पूर्ण विश्वास थियो । त्यसैले आफ्नो अपमानको बदला लिन उनले राजालाई कामुक तवरले आफ्नो रूप दर्शन गराएकी हुन् । नभन्दै त्यस क्षणिक दर्शनको अपेक्षितभन्दा बढी प्रभाव प¥यो । उनको बदल पूरा भएको थियो । उन्मादिनीलाई थाहा थियो पूर्णतः राजा मेरो रूप देखेपछि मोहान्थ हुनेछन् ।
राजा मोहान्थ मात्र भएनन् । उनको दिनको चयन र रातको निद्रा सब हरण भयो । चौरासी व्यञ्जनको उनका अगाडि राखियो । चोकसमेत हरण भएका राजाले एक सितो पनि छोएनन् ।
उनी दरबारमा भारदारहरूबीच पनि आउन छाडे । यसको के थियो भने उनले एक प्रकारले आफ्नो राजपाट पनि अघोषित रूपमा छाडिदिएका थिए । सबै राजकाजका कुराहरू मन्त्रीहरूकै जिम्मामा भयो । मन्त्रीहरू सबै कुशल त हुँदैनन् ।
कुनैकुनै मन्त्री राजाको आँखा छलेर राज्यको ढुकुटीबाट धनदौलत हिनामिना गर्न थाले । यसरी उनको राज्य, राज्य नभएर लुटेराहरूको भोगचलन गर्ने भूमि बन्न थाल्यो ।
कुनै कुनै बखत प्रजाहरू राजालाई आफ्नो दुःखेसो सुनाउन चाहन्थे । आफ्ना राजालाई भेट्न चाहन्थे तर राजा सबकुरा प्रधानमन्त्रीको जिम्मा लगाएर पन्छिन्थे । केवल आफ्नो खोजीमा पल्टिरहन्थे । उनका आँखाबाट आँसु पनि बग्थे कहिलेकाहीँ । उनको मनमा घोर पश्चाताप थियो, मैले त्यस्ती रूपवती कन्याको प्रस्ताव ब्राह्मणहरूको लैलैमा लागेर अस्वीकार गरेँ । ती कन्यामाथि अन्याय गरेँ । तिनको अपमानको कति पीडा बोध भयो । होला उनको आफूले ठूलो अपराध गरेजस्तो लाग्दथ्यो ।
वास्तवमा उनी एकै हेराइमा उन्मादिनीलाई बिर्सिन नसक्ने भएका थिए । उनलाई एक पटक उन्मादिनीसँग भेट्ने उत्कृष्ट इच्छा भएको थियो ।
एकदिन एक भारदारलाई डाकेर उनले सोधे उन्मादिनीको के हालचाल छ ।
यो मन्त्री बाठो थियो । उसले उन्मादिनीको विवाहको समाचार राजालाई दिएन । उसले भन्यो– ‘महाराज, हजुरकी उन्मादिनी पनि त्यस्तै अवस्थामा छे । जस्तो अवस्था हजुरको छ ।’
‘हो र ?’
मन्त्रीले बठ्याई गरेर भन्यो– ‘हे महाराज मैले पनि उनीलाई भेटेकै छैन । सुनेको भने यही हो ।’
राजाले भने– ‘त्यसो भए पत्ता लगाउ, के उनी अझै मसित विवाह गर्न इच्छुक छिन् ?’ अवश्य महाराज, तर उनी स्वर्णमुद्रा अत्यन्त मन पराउँछिन्, त्यसबाट अनेक वस्त्र परिधान र गरगहना किन्छिन्, आफ्नो रूप अझै तेजिलो होस ।’
राजा देवसेनले भने– ‘तिमी उन्मादिनीको तौलबराबरको स्वर्ण मुद्रा लग र उनलाई झरिमुट्ट बन्न मद्दत गर ।’
मन्त्रीले यो एउटा यस कारण खेलेको थियो कि ऊ त्यो राज्य छाडेर जान चाहन्थ्यो । तर जानुअघि सात पुस्तालाई पुग्ने गरी कुम्ल्याउन चाहन्थ्यो । त्यसकारण आफ्नो बुद्धि योजना सफल भएकामा ऊ मनमनै प्रसन्न भयो । यो वार्तालाप देवसेनकै इच्छानुसार गोप्य राखियो, जन त्यो मन्त्रीका लागि झन् महाराज हजुरको आज्ञा शिरोधर छ । म केही दिनमै गएर उन्मादिनीलाई स्वर्ण मुद्रा दिने मात्र होइन उनलाई फकाउने पनि गर्छु र हजुरलाई उन्मादिनी प्राप्त गराएरै छाड्छु ।’
‘तिम्रै भलो होस्, म राजकोषका कर्मचारीलाई तिमीलाई स्वर्णमुद्रा उपलब्ध गाउने आज्ञा दिन्छु । तिमी कहिले प्रस्थान गर्ने विचार राख्दछौं, मलाई भन ।’
मन्त्रीले भन्यो– आजको सात दिनपछि हिँड्छु महाराज । मैले ग्रह नक्षत्रको दशा विचार गरेर त्यस्तो भनेको हुँ । हिँडेको सात दिनभित्र उन्मादिनीलाई ल्याएर हजुरको पाउको धूलो ख्वाउँछु ।’
राजा क्रुद्ध भए– ‘उन्मादिनीका लागि त्यस्ता तुच्छ शब्दको प्रयोग ग¥यौ भने । तिमी दण्डित हुनेछौं ।’
माफ पाउ महाराज, भूल भयो ।
त्यसपछि मन्त्री त मनमनै प्रसन्न हुँदै फक्र्याे, धनाढ्य बन्ने सपना बोकेर । यता राजा देवसेन भने, पुनः उन्मादिनीको प्रेममा छटपटिन थाले । एकदिन, राजाको चित्त रमोस् भनेर भारदारहरूले राजालाई सिकारमा जाने प्रबन्ध मिलाई । राजा तयार भए, हुनसक्छ पुनः मार्गमा उन्मादिनीको दर्शन मिलोस् ।
जंगलमा सिकार खेल्दाखेल्दै देवसेनले एउटी स्त्री देखे । जसलाई उनले उन्मादिनी ठाने । उनले नजिक रहेको आफ्नो मन्त्रीसँग सोधे– ‘मन्त्री ती स्त्री उन्मादिनी होइन ?’ यो त्यही मन्त्री थियो, जसले उन्मादिनीलाई विवाह गरेको थियो । त्यसले उत्तर दियो– ‘होइन, महाराज, उन्मादिनी त केही समय भयो आफ्नो माइत गएर बसेकी छन् ।’
माइत ? के उनको विवाह भइसक्यो ?’ राजाले आश्चर्य प्रकट गर्दै सोधे ।
मन्त्रीले भन्यो महाराजबाट अस्वीकार भएपछि नै उनले विवाह गरेकी हुन् ।
‘तिमीले कसरी थाहा पायौ ?’ मन्त्रीले किचिक्क हाँसेर भन्यो उनको विवाह जोसित भएको हो, त्यो मै हुँ महाराज ।
महाराजले यो सुन्नासाथ रथ पुनः दरबारतिर घुमाउने आदेश दिए ।
यस पटक अन्य कारणले होइन, उनलाई झटो सूचना दिने मन्त्रीलाई दण्डित गर्न । दरबार पुग्नासाथ राजाले उक्त मन्त्रीलाई बर्खास्तमात्र गरेनन्, देश निकाला पनि गरिदिए । एकदिन उन्मादिनीको पति मन्त्रीले महाराजसमक्ष निवेदन ग¥यो ‘महाराज उन्मादिनीलाई म हजुरकी बनाउन प्रस्तुत छु । म तिनीलाई देवदासी बनाइदिन्छु, त्यसपछि हजुर उन्मादिनीलाई विवाह गर्नुहोस् ।’
जे जस्तो भए पनि राजा विवेकशील थिए । उनी त्यो सुन्नासाथ अत्यन्त क्रोधित भएर भने– ‘एक विवाहहितालाई त्सो भन्छौ पति भएर म तिमीलाई मृत्युदण्ड दिनेछु । फेरि यस्ता कुरा ग¥यौं भने ।
मन्त्रीले कातर भएर क्षमा माग्यो र राजाले मन्त्रीलाई दण्डमुक्त गरिदिए । तर त्यसपछि उन्मादिनी को वियोग र पश्चातापले गर्दा राजालाई अनेक रोगले समाए । वैद्य, धामी–झाँक्री सब आए । सबैले सक्दो उपचार गरे ।
तर एकदिन बिहान राजा देवसेनको मृत्यु भयो प्रजाहरू शोकाकुल भए । देवसेनलाई श्रद्धाञ्जलि दिन आउने लाममा उन्मादिनी पनि देखिइन् ।