देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अग्र अनुहार’

देशान्तर


काठमाडौं । नेपालपत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले ‘अग्र अनुहार’ कथाअग्रजको गाथामहासंघको नामक पुस्तकप्रकाशनमाल्याएको छ । २०१२ चैत १६ गतेलाई नेपालपत्रकार महासंघले आफ्नो स्थापनादिवस मनाउँदै आएको छ । त्यसलाई आधार बनाउँदामहासंघ स्थापनाको ६८ वर्ष भएको छ । बितेका ६८ वर्षमा नेपालपत्रकार संघ हुँदै अहिलेको नेपालपत्रकार महासंघ हुँदासम्म २३ जनाले यसको नेतृत्व गरेका छन् । त्यसकै आधारमा नेपालपत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार महासंघको सुरुदेखि अहिलेसम्मकाअध्यक्षकाबारेमा समेटेर पुस्तकतयार गरेको छ । नेपालपत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिकाअध्यक्षबालकृष्ण अधिकारीसहित १७जनापत्रकारले तयार पारेको उक्त पुस्तकमा नेपालपत्रकार महासंघको एकसरो इतिहास जान्न सकिन्छ ।
अधिकारीकै सम्पादन रहेको उक्त पुस्तकमा कृष्णप्रसाद भट्टराई, फत्तेबहादुर सिंह,मनिन्द्रराजश्रेष्ठ, गोकर्णदेव पाण्डे,इन्दुकान्तशर्मा, मञ्जुरत्नशाक्य, निर्मलकुमार अर्याल र विष्णु निष्ठुरीसम्मकाबारेमाउनैले लेखेका छन् । पत्रकार यम विरहीले दातारामशर्मा, चेतन पाण्डे र पोषनाथअधिकारीले पशुपतिदेव पाण्डे, भाषाशर्माले गोपालदास श्रेष्ठ, शेखर अधिकारीले मणिराजउपाध्याय, विष्णु नेपालले गोविन्दवियोगी र रुक्मिणी पोखरेलले होमनाथदाहाल र शिवहरि घिमिरले हरिहर विरहीकाबारेमा लेखेका छन् ।
त्यस्तै, किशोर नेपालको केशवबोहोरा, सुरेश आचार्यको सुभाषप्रसाद साह, तारानाथदाहालको शिवराज रेग्मी, धर्मेन्द्र झाको अशोक घिमिरे, शिवगाउँको अनिताकुमारी घिमिरे, महेन्द्र विष्टको नरेन्द्र मानन्धर, गोविन्दआचार्यको वीरेन्द्र ओलीले र वर्तमानअध्यक्षबिपुलपोखरेलको देवेन्द्र बस्नेतले लेखेका छन् । पुस्तकमा भट्टराईलाई पत्रकारदेखि प्रधानमन्त्रीसम्म, दातारामलाई तीनयुगका साक्षी, सिंहलाई पत्रकारिताकाउज्यालाव्यक्तित्व, पशुपतिदेवकाबारेमापत्रकारितादेखि प्रशासकसम्म, श्रेष्ठलाई उद्देश्यमूलकपत्रकारिताकाहिमायती, गोपालदासलाई अंग्रेजीपत्रकारिताकाआरम्भकर्ता, पाण्डेलाई पञ्चायतकापक्षपातीको शीर्ष दिएर लेखिएको छ ।
त्यस्तै, शर्मालाई साहित्यिकपत्रकारिताकाप्रवर्तक, शाक्यबारे ६दशकदेखिको उद्बोधनयात्रामा, अर्याललाई संघर्षशील प्राज्ञिक पत्रकार, उपाध्यायलाई स्वनामधन्यव्यक्तित्व, वियोगीलाई अविचलित साधक, होमनाथलाई प्रजातन्त्रको पैरवीकर्ता, विरहीलाई विद्रोहकापर्याय, नेपाललाई जुझारु कलमजीवी, सुरेशलाई दृढ निश्चयी नेतृत्व, दाहाललाई पेसागतमर्यादाकापक्षपाती, निष्ठुरीलाई स्वतन्त्रताकापक्षधर, झालाई शान्तिप्रक्रियाका साक्षीउल्लेख गरिएको छ । गाउँलेलाई शब्दकाज्यामी, विष्टलाई व्यावसायिकताकापक्षधर, आचार्यलाई संघीयताका सारथि र पोखरेललाई मोफसलकाअगुवाशीर्षमा पुस्तकमादिइएको छ ।
कुनै पनिव्यक्तिवा संगठनहरूले गरेको कामको मेमोरी(दस्तावेजिकरण) गर्ने प्रचलननभएका बेलाप्रदेश समितिले प्रकाशन गरेको पुस्तकले नेपालको पत्रकारिता र महासंघका बारेमाजान्नचाहनेकालागि एकसरो जानकारी प्राप्त हुन्छ । विभिन्न १७जनाव्यक्तिहरूले महासंघका पूर्वसभापति÷अध्यक्षवाउनीहरूका परिवारका सदस्यसँग कुरा गरेर त्यसलाई तयार गरिएको छ । त्यसले उनीहरू बारेमाथपजान्नकालागिखोज्ने र पुग्ने बाटो पहिल्याइदिएको छ ।
पुस्तकप्रकाशनमा आएपछि जनजातिपत्रकारहरूको संगठन फोनिजले सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापकअध्यक्षमान्नुपर्ने माग उठाएको छ । त्यससँगै नेपालपत्रकार महासंघको संस्थापकअध्यक्षकाबारेमा फेरि नयाँविवाद सुरु भएको छ । सत्यनारायणबहादुरलाई संस्थापकअध्यक्षमान्नुपर्ने दाबीगर्दै आएको फोनिजले पनि भट्टराई नेतृत्वमा गठन भएको नेपालपत्रकार संघ त्यसकै निरन्तरताहो भन्ने तथ्य स्थापितगर्न सकेका छैन । महासंघको विधि, विधान र मान्यतालाई आधार बनाउँदै नेपालपत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पूर्वसभापति÷अध्यक्षको जीवनसहितविगत समेटिने गरी ‘अग्र अनुहार’ नामदिएर पुस्तकबजारमाल्याएको छ ।
प्रतिष्ठान प्रदेश समितिकाअध्यक्षबालकृष्ण अधिकारीले सम्पादनगरिएको उक्त पुस्तकमाउनीहरूको व्यक्तिगतजीवनमात्रहोइनमहासंघको नेतृत्वगर्नेहरूले आ—आफ्नै चुनौती र कठिनाइहरूको सामना गरेको कुरा पनि पुस्तकमा पाहिन्छ । महासंघ स्थापनायतापञ्चायतपूर्व, पञ्चायत, बहुदल, गणतन्त्र गरी चारैवटा राजनीतिकव्यवस्था र सामाजिक परिवेशमापत्रकारको भूमिका केकस्ता थिएभन्ने जानकारी पनि पुस्तकमापाउन सकिन्छ । नेपालपत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमाल्याएको उक्त पुस्तकपत्रकारिताकाविद्यार्थी र नवप्रवेशीलाई अझउपयोगीहुनेछ । १९२ पृष्ठमा समेटिएको ‘अग्र अनुहार’ नामक पुस्तकको व्यक्तिगत ३७५ र संस्थागत ५५५ मूल्य राखिएको छ ।