देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकपको तयारी म्याटमा

देशान्तर


काठमाडौं । नेपाली क्रिकेट टिमले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्दै छ । सन् २०१४ मा पारस खड्काको कप्तानीमा टी–२० विश्वकप क्रिकेट खेलेको नेपाली टिम अहिले जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको टिमको कप्तान छन् रोहित पौडेल ।
नेपाली क्रिकेट टिमले विश्वकप क्रिकेट खेल्नका लागि निकै मेहनत गरेको कुरा १० वर्षको क्रिकेटलाई हेर्ने हो भने पुग्छ । विभिन्न आरोह अवरोह पार गर्दै अहिले नेपालीलाई खुसी बनाउने माध्यम भनेकै क्रिकेट देखा परेको छ । पहिला फुटबलको तुलनामा पछि रहेको क्रिकेट अहिले नेपालका लागि अन्तर्राष्ट्रिय एरेनामा देखाउने गतिलो माध्यम बनेको छ । नेपाली क्रिकेट टिम अहिले टी २० विश्वकपका लागि भन्दै अमेरिका पुगिसकेको छ । काठमाडौंबाट फ्लोरिडामा रहेको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि वेस्टइन्डिजमा अभ्यास गर्न जानु अगाडि फ्लोरिडामै अभ्यास गर्दै छ ।
तर, नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्ने भएर पनि फ्लोरिडाको एउटा पार्कमा अभ्यास गरेको तस्वीर सार्वजनिक हुँदा आम नेपाली क्रिकेट समर्थक भने निराश भएका छन् ।
क्यानले नै फेसबुक पेजमा सार्वजनिक गरेको तस्वीरहरुले नै नेपाली समर्थक निराश भएका हुन् । नेपाली टिमले एस्ट्रो टर्फ मैदानमा त्यो पनि म्याटमा अभ्यास गरिरहेका छन् । विश्वकप जस्तो ठूलो प्रतियोगिता अगाडि यसरी अभ्यास गर्दा खेलाडीको प्रदर्शनमा सुधार आउँछ की झन खस्किन्छ यसको जवाफ कसले दिने गम्भीर प्रश्न उब्जिएको छ ।
नेपाली टिम आज आइतबार वेस्टइन्डिजको सेन्ट भिनसेन्ट जाने छ । त्यहाँ केही अभ्यास खेल खेलेर १९ मेमा पुनः अमेरिका फर्किने छ ।
त्यसपछि नेपाली क्रिकेट टिम ह्युस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।
टि–ट्वान्टी विश्वपका लागि घोषणा गरिएको टिममा नेपाल समूह डी मा छ । विश्वपको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्ने तालिका छ । सो समूहमा दक्षीण अफ्रिका, बंगालादेश र श्रीलङ्का छन् । प्रत्येक समूहबाट शीर्ष दूई टोली शीर्ष आठमा छनोट हुनेछन् ।
विश्वकपका लागि नेपाली टिमको तयारीका लागि सरकारले नै ५ कराड रुपैयाँ विनियोजना गरेको थियो भने आइसीसीबाट पनि राम्रै बजेट आउँदा पनि नेपाली टिमले जुन किसिमले अभ्यास गरिरहेको छ यस विषयमा क्यानमा विगतको भन्दा अहिले खेल र खेलाडीको भावना बुझेकाहरु नै भएकाले यसको जवाफ उनै पदाधिकारीले दिनु अनिवार्य छ ।