देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा-देवसेन र उन्मादिनी




श्रावस्ती भन्ने ठाउँमा एक अत्यन्त सामान्य बेपारी बस्दथ्यो । उसको नाउँ थियो, मल्लिक । त्यसको घरमा एक अत्यन्त रूपवती कन्याको जन्म भयो । कन्या सानैदेखि अत्यन्त रूपवती थिई । जतिले देख्दथे, सबले प्रशंसा गर्दथे, उसको रूप र गुणको पनि । कन्या अत्यन्त गुणपति थिई । ऊ मातापिताको आज्ञा सबै मान्दथिई । सखीहरूका बीचमा पनि ऊ लोकप्रिय थिई, किनभने सखीहरूका साथ ऊ अत्यन्त मृदु व्यवहार गर्दथिई । साथीहरू उसको संगतमा बस्न रुचाउँदथे । कारण तिनीहरू त्यस कन्याको संगत र व्यवहारले अत्यन्त प्रभावित थिए ।
क्रमशः त्यो कन्या बढ्न थाली । युवती भएपछि कन्याको रुस झन् फुले फक्रेर आयो । जसले देख्दथ्यो, उसको रूप देखेर पागलजस्तो हुन्थ्यो । तिनमा उन्माद व्याप्त हुन्थ्यो । जो पनि देख्नासाथ, त्यो उत्पादित हुन्थ्यो । त्यो यति चर्चित भयो, समाजमा । युवकहरू उसलाई हेर्न जान्थे र साँच्चिकै तिनमा उन्माद छाउन थाल्दथ्यो । त्यसकारण त्यो केटीको नाउँ नै उन्मादिनी राखिदिए । ऊ उन्मादिनीका रूपमा चारैतिर प्रख्यात भई । बाबुलाई उन्मादिनीको विवाहको चिन्ताले सताउन थाल्यो ।
एकदिन त्यो व्यापारीले सोच्यो, सारा नगर मेरी छोरीका लागि पागल छ । यस्ती कन्याको विवाह कुनै सामान्य व्यक्तिसँग ग¥यो भने, छोरीको जीवन सुखी हुँदैन । यसको रूपका सामु छोरीको जीवन सुखी हुँदैन । यसको रूपका सामु जो पनि निहुरिन्छ । त्यसो भए किन यहाँको राजासँगै किन यसको विवाह नगाउँ । यस्तो विचार गरेर, एकदिन व्यापारी राजासामु गयो र विनम्र भएर भन्यो– महाराज मेरी कन्या अत्यन्त सुन्दर छे । त्यसलायक वर मैले अन्त देखिनँ । त्यसकारण म यहाँ, तपाईंकहाँ निवेदन गर्न उपस्थित भएको हुँ ।’
राजाको नाउँ थियो देवसेन । राजाले सोधे– मलाई के भन्न उपस्थित भएका हौ ?’ त्यो मल्लिक नाउँ गरेको त्यस व्यापारीले भन्यो– ‘महाराज, यदि तपाईंलाई मनपर्छ भने, मेरी कन्या, तपाईंकी रानी बन्न योग्य छे ।’
देवसेनले भने– ‘हे, महाराज, सबै उसको रूपका कारण उसलाई उन्मादिनी भन्दछन् ।’
राजाको उत्सुकता बढ्यो । उसले भन्यो ‘ठीक छ, म केही दिनपछि तिमीलाई यसको उत्तर दिनेछु ।’
त्यसपछि राजाले केही ब्राह्मणलाई बोलाएर भन्यो– ‘जाओ व्यापारीकी कन्या हेरेर आओ र मलाई बतायो, त्यो कन्या, जसका नाउँ उन्मादिनी हो, हेरेर आओ र मलाई बतायो, त्यो कस्ती छे र मेरी रानी बन्न लायक छ छैन । ब्राह्मणहरू पाँचजना थिए । ती पाँचै जंगल र पहाड अनि खोला तर्दै मल्लिककहाँ गए र भने– ‘हामीलाई राजाले, तिम्री कन्या हेर्न पठाएका हुन् । हामीलाई तिम्री कन्याको दर्शन गराऊ ।’ मल्लिकले भन्यो– ‘हे ब्राह्मण गण अहिले मेरी छोरी मामाघर गएकी छे । तपाईंहरू, भोलि आउनुहोस्, म उसलाई लिन आफैं अहिले जान्छु ।’ ब्राह्मणहरू फर्केर गए । एउटा अन्य परिचितका घरमा रात काटे । भोलिपल्ट बिहानै पाँचै ब्राह्मण मल्लिकको घरमा पुगे । मल्लिकले विभिन्न फल र अन्य परिकारले ब्राह्मणहरूको सत्कार ग¥यो । भोजनोपरन्तु उसकी कन्याले प्रवेश गरी । उन्मादिनी नामक त्यो कन्यालाई देख्नासाथै उसको रूपको रापले उन्मादित भए । तिनीहरूले सोचे, यस्ती कन्याको राजासँग विवाह भयो भने राजा यसको रूपमाथि आशक्त भएर राजकाज नै छाडेर बस्छन् । त्यसकारण उनीहरूले सल्लाह गरेर एउटा उपाय सोचे ।
तिनले राजाकहाँ गएर निवेदन गरे, महाराज, त्यो कन्या, तपाईंको लायक छैन । त्यो कन्या अभागी र अलच्छिनकी छे । त्यसकारण, तपाईंले त्योसँग विवाह गर्नु उचित छैन । हामी सबैको यही राय हो । यो कुरा हामी ब्राह्मणहरूले ज्योतिषका आधारमा निर्णय गरेका छौं ।’
यस्तो सुनेपछि, ब्राह्मणको राय मानेर उसले वणिकलाई खबर पठायो, म तिम्री कन्यासित विवाह गर्न असमर्थ छु । आफ्नी छोरीलाई मेरी रानी बनाउने स्वप्न त्यागिदेऊ ।’ वणिक यो खबर सुनेर दुःखी र कुपित भयो । तर राजासँग के लाग्छ ?
त्यसपछि उसले आफ्नी छोरीको विवाह राजाको सेनापतिसँग गरिदियो । सेनापतिले उन्मादिनीलाई पहिल्यै देखेको हुनाले ऊ आफैं मोहित थियो । तर यता, उन्मादिनीले यो थाहा पाएपछि त्यो रूपगर्विता युवतीले आफूलाई अत्यन्त अपमानित अनुभव गरी । उसलाई के गरी यो अपमानको बदला लिउँ भन्ने छटपट हुन थाल्यो ।
धेरै सोचिपछि उन्मादिनीले आफ्नो मनमा केही सोची । एकछिन राजा पूर्वको जंगलतर्फ सिकार खेल्न जाने निधो ग¥यो । त्यसको पूरा प्रबन्ध गरियो ।
बेलुकी घर आएप्छि सेनापतिले आफ्नी पत्नी उन्मादिनीसँग भन्यो– ‘भोलि बिहानै राजा सिकार खेल्न जाँदैछन् । म पनि उनका साथ जानु पर्नेछ । त्यसकारण भोलिबिहानै म निस्कन्छु ।’ उन्मादिनीले सोधी कतातिर जाँदैछन् राजा ?’
सेनापतिले भन्यो– ‘पूर्वको जंगलतर्फ जाँदैछन् । उनको सवारी हाम्रै घरको बाटो जान्छ तर मैले दरबारबाटै जानुपर्ने हुनाले म बिहानै जान्छु ।
भोलिपल्ट बिहानै सेनापति हिँडिहाल्यो उन्मादिनी भने । नुहाइधुवाइ गरेर, एक झिनो वस्त्र लगाएर आफ्नो बार्दलीमा उभिई । त्यसको केही समयपछि राजाको रथ उन्मादिनीको सडकबाट गुज्रिन थाल्यो ।
उन्मादिनीको घरबाट हिँडिरहेको, एक्कासि मास्तिर दृष्टि दियो, कुनै उद्देश्यले होइन । तर त्यहाँ त बार्दलीमा उन्मादिनी अत्यन्त आकर्षक र कामुक किसिमले, आफ्नो रूप र यौवनको दर्शन गराउँदै उभिएकी थिई । राजासँग उसको आँखा जुध्नासाथ, उन्मादिनी लजालु किसिमले हाँसी तर त्यो हाँसोमा कामुकता पनि मिसिएको थियो ।
राजा देवसेन, तत्काल कामवाणले सिद्ध भयो । उसले रथीलाई सोध्यो को हुन् यी कन्या ।’ रथीले भन्यो– ‘महाराज, यी कन्या होइनन्, सेनापतिकी पत्नी उन्मादिनी हुन् ।’
राजा केही बोलेनन् । तर मनमनै ऊ पछुताउन थाल्यो, यस्ती रूपवती कन्यालाई मैले विवाह गर्न निषेध गरेँ, धिक्कार छ मलाई । राजाले सिकारको विचार त्याग्यो । रथ तत्काल दरबारतर्फ फर्कायो । किनभने ऊ उन्मादिनीको रूप देखेर मोहित भएको थियो । मनमनै अत्यन्त छटपट भएको अनुभव गर्न थाल्यो । उसका आँखासामु बार्दलीमा उभिएकी उन्मादिनीको छवि घुम्न थाल्यो । यस्तामा सिकार हुन नसक्ने ठाने ऊ आफ्नो दरबारतर्फ नै लाग्यो । अरू पछिको अंकमा