देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुप्से होलिडेजको नेपाली पर्यटन उद्योगमा दबदवा

देशान्तर

काठमाडौँ । नेपाली पर्यटन उद्योगमा दबदवा कायम गर्दै आएको ट्राभल एण्ड टुर कम्पनी रुप्से होलिडेजले २ सय बढी विदेशी पर्यटकलाई भ्रमण गराउँदैछ । भियतनामको हानोइबाट मे ११ र मे १८ मा गरी २ सय बढी बुद्धिष्ट धर्मावलम्बी चार्टर फ्लाइटमा नेपाल आउँन लागेको रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले जानकारी दिए ।

बुद्ध धर्मावलम्बीका साथै उच्च तहका भिक्षुहरुले नेपाल भ्रमण गर्न लागेको पराजुलीको भनाई छ । पर्यटकहरु भियतनामको हानोइबाट पहिलो चार्टर फ्लाइटमा मे ११ को बेलुका ६ बजे काठमाडौंमा अवतरण गर्नेछन् । बुद्धिष्ट पर्यटकहरु ५ रात होटल हायत प्यालेस काठमाडौंमा र अरु रात जाम्बाला होटल, होटल हलेसी, भर्खरै खुलेको लेमज ट्रि प्रिमियर होटलमा रहनेछन् ।

उनीहरु कूल ७ रात र ८ दिनको प्याकेजमा नेपाल भ्रमण गर्नेछन् । ६ रात काठमाडौं र १ रात हलेसीमा बास बस्ने कार्यक्रम रहेको छ । यो नितान्त धार्मिक भ्रमण रहेको र यसबाट नेपाललाई बुद्ध धर्म मान्ने देश भनेर चिनाउँन ठूलो सहयोग पुग्ने रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर पराजुलीले जानकारी दिएका छन् । रुप्से होलिडेजले बिदेशी पर्यटकलाई नेपाल भ्रमण गराउनुका साथै नेपाली पर्यटकहरुलाई विश्वका विभिन्न देशमा विभिन्न प्याकेजमा भ्रमण गराउँदै आएको छ ।