देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरमा माओबादी नेताहरुको एउटै स्वरः सत्तारुढ दल मधेश बिरोधी होईनन्

देशान्तर

काठमाण्डौ । सत्तारुदल नेकपा माओबादी केन्द्रका शिर्ष नेताहरुले अहिलेको गठबन्धन सरकार मधेश बिरोधी नभएको बताएका छन ।
दुईनम्बर प्रदेशमा आगामी असोज दुई गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको तयारीका लागि आज जनकपुर पुगेका नेताहरुले एमालेका कारण मधेशका माग सम्बोधन हुन नसकेको आरोप लगाएका छन ।
उनिहरुले तेस्रो चरणको दुई नम्बर प्रदेशमा हुने स्थानीय निकायको निर्वाचनमा माओबादीलाई एक नम्बरको पार्टी बनाउन मधेशी जनतालाई आग्रह समेत गरेका छन । नेताहरुले युद्धकाल देखिनै माओबादी मधेशी जनताको पक्षमा रहेको भन्दै माओबादी पार्टीलाई एक नम्बर बनाउन शिर्ष नेताले एकै स्वरमा अह्वान गरेका हुन ।
स्थानीय तहको दुई चरणको निर्वाचनमा अप्रत्यासित परिणाम हासिल गरेर तेश्रो स्थानमा रहेको माओवादी केन्द्र आउँदो असोज २ मा हुने प्रदेश नम्बर २ को निर्वाचनमा पार्टीलाई पहिलो बनाउने भन्दै मधेश झरेको हो ।
चुनावलाई लक्षित गरी कार्यकर्तालाई प्रशिक्षण दिन आज माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरु जनकपुर पुगेका हुन । नेताहरुले जनकपुरको पिडारीचोकमा रहेको जानकी बाटिकामा प्रदेश नम्बर २ का पार्टी नेता कार्यकर्तालाई चुनावको विषयमा प्रशिक्षण समेत दिएका छन ।
प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल,नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, हरिबोल गजुरेल, बर्तमान पुन,स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल,सहरी विकास मन्त्री प्रभु साह, माओवादी केन्द्रका प्रदेश नम्बर २ का संयोजक विश्वनाथ साह, माओवादी सांसद तथा पूर्व सिँचाइ मन्त्री उमेश यादवसहितका नेता तथा सांसादहरु सहभागी भएका छन ।
प्रशिक्षणमा स्थानीय तहको चुनावमा कसरी पार्टीलाई बढी भन्दा बढी स्थानीय तहमा जिताउने भन्ने विषयमा शीर्ष नेताहरुले प्रशिक्षण सहित पार्टीलाई एक नम्बर बनाउने गरी कार्यक्रम लान जिल्ला नेताहरुलाई निर्देशन समत दिएको नेता उमेश यादवले देशान्तरलाई जानकारी दिए । उनले प्रशिक्षण पश्चात भोली पत्रकार सम्मेलन गरि कार्यक्रमहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए ।