देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी एसिया २०औं वर्षमा प्रवेश

देशान्तर

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले २०औं वर्षमा प्रवेश गरेको छ । बैंक २०आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा बैंकले १९ कर्मचारी, १ शाखा र ८ करोड चुक्ता पुँजीबाट क्षेत्रीय वाणिज्य बैंकको रूपमा बैंकिङ कारोबार सुरु गरेको जानकारी दिइयो ।

बैंकले नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंकका रूपमा बैंकिङ क्षेत्रमा प्रवेश गरी गुणस्तरीय सेवा प्रदान गरेबापत बैंकले विभिन्न पुरस्कारसहित अन्तर्राष्ट्रिय स्तरको बैंक अफ द इयर २००७ र बैंक अफ द इयर २०१३ अवार्ड प्राप्त गरेको बैंकले जनाएको छ ।
बैंकले १२५ भन्दा बढी शाखा तथा एक्स्टेन्सन काउन्टरबाट ५ लाख ५० हजारभन्दा बढीलाई सेवा प्रदान गर्दै आएको छ । बैंकको कर्जा ग्राहक संख्या २५ हजारभन्दा बढी रहेको छ भने डिजिटल बैंकिङ सेवा लिने सेवाग्राहीको संख्या २ लाख ५० हजार नाघेको छ ।

बैंकले सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र एटीएम संख्या एक हजार पुर्‍याई बैंकलाई राष्ट्रकै उत्कृष्टमध्येको एक बैंक बनाउने लक्ष्य राखेको छ । बैंकले स्थापनाकालदेखि अहिलेसम्म सरकारलाई साढे ५ अर्ब रुपैयाँ बराबर राजस्व बुझाएको दाबी गरेको छ । बैंकले हालसम्म सेयरधनीका लागि एक सय ३२ दशमलव ७ प्रतिशत लाभांश रकम र १६५ प्रतिशत बोनस सेयर वितरण गरेको जनाएको छ ।