देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाशिवरात्रि पर्वमा दर्शनार्थीका लागि बिभिन्न मार्गको व्यवस्था

देशान्तर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वमा दर्शन गर्न आउने दर्शनार्थीका लागि बिभिन्न मार्गको व्यवस्था गरेको छ ।
कोषले दिएको जानकारी अनुसार वत्तिसपुतली, मैतिदेवी, पुरानो बानेश्वर तर्फबाट आउने दर्शनार्थीहरुका लागि गौशाला– पिंगलास्थान गेट हुँदै बनकाली धर्मशालालाई वायाँ पारेर चारशिवालय–पञ्चदेवत्ल हुँदै दक्षिणढोकाबाट प्रवेश गरी चौसठ्ठी शिवलिङ मार्ग हुँदै मन्दिर प्रांगण प्रवेश गर्ने र मूलभट्ट निवास पूर्व बाहिरी दक्षिणढोका हुँदै सोभिनियर पसल पूर्वको चोक (पम्बदेवलको पूर्वी दक्षिण कुना भाग) बाट जुत्ता चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ ।


त्यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, एअरपोर्ट, तिलगंगा क्षेत्रबाट दर्शनार्थीहरुका लागि लागि तिलगंगा पर्यटक काउण्टरबाट प्रवेश गरी राम मन्दिर, आर्यघाट हुँदै मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गराई दर्शन गराउने सोही ढोकाबाट बाहिर निकाली राममन्दिर शौचालय अगाडिको जुत्ताचप्पल कक्षबाट जुत्ता चप्पल लिई सोही मार्गबाट फर्किने व्यवस्था मिलाइएको छ भने तिलगंगा पर्यटक काउण्टरदेखि आर्यघाटसम्म आवश्यकता अनुसार बाँसको व्यारिकेट निर्माण गरिएको छ ।

त्यस्तै जोरपाटी, कपन, महाँकाल, चाबहिल, सिफल तर्फबाट आउने भक्तजनहरुका लागि मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने र पश्चिम मूलढोकाबाट फर्किई शंकराचार्य मन्दिर हुँदै उमाकुण्ड पार्किङ्गको जुत्ता चप्पल कक्षबाट जुत्ता चप्पल लिई बाहीरिने व्यवस्था मिलाएको छ ।
रातोपुल, कालोपुल, चाबहिल, सिफलबाट आउने दर्शनार्थीहरुको लागि जयवागेश्वरी चोकबाट, दथुटोल, पाचाटोल हुदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको फलामे पुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई व्याम्पबाट दर्शन गराउने र पश्चिम मूलढोकाबाट फर्किई नासल चोकबाट जुत्ता चप्पल लिई पोडेपाटी २ नं. गेटबाट बाहिर निस्किने व्यवस्था मिलाएको छ ।
नित्य दर्शनार्थीहरुका लागि विहान ७ः०० बजेभित्र भुवनेश्वरी भएर पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।दर्शनार्थीहरुका लागि शिवरात्रिमा सःशुल्क दर्शनको व्यवस्था गरिएको छैन् ।
यस्तै सवारी पास, क्रियापुत्री/घाट पास, प्रेस पास, जुत्ता चप्पल पास, कोरक्षेत्र बाहिरको स्वयंसेवा पास वाहेक मन्दिरभित्रको कुनैपनि पासको व्यवस्था नगरिएको तर मन्दिरभित्र सेवा दिने गुठी संस्थान, अमालकोट कचहरीका कर्मचारी, रकमी/पुजारी, बद्री कैलासनाथ सदावर्त गुठीहरुलाई मन्दिर प्रवेश परिचयपत्रको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।