काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले चितवनको शिशु निकेतन विद्यालयको छात्रावासभित्र १४ वर्षीया बालिका शालिन पोखरेल मृत भेटिएको घटनाबारे ब्रिफिङ लिएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, एसपी भावेस रिमाल र डीएसपी श्रीराम भण्डारीले गृहमन्त्रीलाई संयुक्त ब्रिफिङ गरेका हुन् ।
फोनमार्फत गृहमन्त्रीलाई घटनाबारे जानकारी गराइएको थियो । घटनाको ्रहरीले अनुसन्धान गरिरहेको छ । बालिकाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया