देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्रपाद्वा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रसिया–युक्रेनको युद्धमा नेपालीले ज्यान गुमाइरहेको र नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

पार्टीले बिहीबार संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव दर्ता गराएको हो । राप्रपाले रसिया र युक्रेनबीचको युद्धमा मृत्यु भएको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुन अत्यावश्यक छलफल हुनुपर्ने उल्लेख गरेको छ ।