काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेको घटनाबारे छानबिन गर्न एसएसपी दिनेश मैनाली नेतृत्वको समिति बनेको छ । ।उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बनाएको समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयकै डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
सोमबार लघुवित्त पीडित संसद् भवन छिरेका थिए । त्यसरी भित्र छिरेकाहरूमध्ये ४८ जना महिला र एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया