देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठक स्थगित

देशान्तर

काठमाडौं, । नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि संसद बैठक स्थगित गरिएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकुल बाँस्कोटाले एमालेसहित प्रतिपक्षी दलले बालकुमारीसहितका घटनालगायतका विषयमा मागेको जवाफ सरकारले नदिएको भन्दै आपत्ति जनाएका थिए । 


सभामुखबाट समेत रुलिङ भएको विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको भन्दै एमालेसहित प्रतिपक्षी दल राप्रपा र रास्वपाले विरोध जनाएका थिए ।  तर, सभामुख देवराज घिमिरेले बैठक अघि बढाउन नखोजेपछि एमाले सांसदहरुले नाराबाजी गरे । सभामुख घिमिरेले सोमबारको बैठक महत्वपूर्ण रहेकाले सहयोग गर्न आग्रह गरे । तर, ‘भ्रष्ट मन्त्री राजीनामा दे’जस्ता नारा लगाउँदै एमाले सांसद उठेर विरोध जनाइरहे । 


यसपछि सभामुख घिमिरेले सोमबार नै बस्नेगरी १५ मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।