देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलको गाजा कब्जा गर्ने लक्ष्य छैन : प्रधानमन्त्री नेतन्याहू

देशान्तर


काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ सुरु हुनुभन्दा एक दिन अघि उक्त टिप्पणी गरेका हुन् । उनले गाजामा इजरायलले गरेको बमबारी हमासका लडाकूहरुलाई लक्षित गरी गरिएको र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्दै यस्तो गरिरहेको बताएका छन् । अक्टोबर ७ मा हमासले अचानक आक्रमण सुरु गरेयता सयौं हमास लडाकू र गाजावासीले दक्षिणी समुदायमा आक्रमण गर्दा प्रारम्भिक आक्रमणमा ७९० सर्वसाधारणसहित इजरायलमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो । हमासले २५३ जनालाई बन्धक बनाएको थियो भने गाजामा १३२ जना अझै पनि रहेका छन् । यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्यु हुनेको सङ्ख्या २३ हजार ३५७ पुगेको र गाजाको २३ लाख जनसङ्ख्यामध्ये करिब १९ लाख विस्थापित भएको जनाएको छ ।