काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले बहुमत हासिल गरेको छ ।
प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार पाँचौँ कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन् । ३०० सिटका लागि भएको आम निर्वाचनमा बंगलादेश अवामी लिगले करिब २२० सिटमा जित हासिल गरेको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले भने यो निर्वाचन देखावटीमात्र भएको भन्दै बहिस्कार गरेको थियो ।
प्रतिक्रिया