देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’

देशान्तर

काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । गीतमा आचार्य संगै गायिका शान्तिश्री परियारको स्वर रहेको छ ।
गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र सरोज ओलीले अभिनय गरेका छन् ।
नवराज उप्रेतीले छायांकन गरेको भिडिओेलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन । भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् ।
आचार्यले केही समयअघि ‘काउली’ गीतको भिडियो सार्वजनिक गरेका थिए । यो गीतमा पनि ‘काउली’ कै कलाकार दोहोरिएका छन् ।
दुई महिनाअघि चितवनको एउटा समारोहमा पुग्दा बाहिर मान्छेहरु गीत गाउँदै उफ्री उफ्री नाचिरहेको देखेँ पछि हरिबंशलाई यो गीतको लय र शब्द फुरेको बताए । गीतले खासगरी गायन र नृत्यमा लागेका मान्छेहरुको भाव बोकेको छ । यसमा नाच्ने गाउँने मान्छेले आफ्नो पेशा प्रति गर्व गरेको शब्द छ ।