देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्नुपर्छ’

देशान्तर

रामचन्द्र पौडेल
पहिलो कुरा त अहिलेको सन्दर्भमा प्रधानमन्त्री किन हुने ? के का लागि हुने ? मलाई सधै पार्टी संगठनको चिन्ता छ । पहिलो चरणको मतदान हेर्दा सचेत मतदाताले हामीलाई पाठ सिकाउन खोजेको देखियो । बनेपा, चितवन, गैडाकोट, पोखरा लगायतका स्थानहरूमा हाम्रो अवस्था के भयो ? अर्कोतिर काठमाडौंले एउटा सन्देश दिएको छ । त्यसलाई पनि ख्याल गर्नैपर्ने अवस्था छ । जनता कम्युनिष्ट रोज्न तयार छैनन्, कांग्रेसको विकल्प खोज्न थालेको हो कि ? अलिकति गहिरिएर सोच्नुपर्छ । कांग्रेसको विकल्प कांग्रसभित्रै खोज्नुपर्छ । कांग्रेसले सही बाटो लिन्छ भन्ने सन्देश दिनुपर्छ । चुरो कुरा यही हो ।

सरकारको फाइदा प्रचण्डले लिए, अपजस हामीतिर । हामी भन्दा एमाले अगाडि पुग्यो । सत्तामा गएर सत्ताको फाइदा हामीले लिन नसक्ने ? पार्टीको तेह्रौं महाधिवेशनदेखि नै मैले पार्टीमा सबैलाई मिलाएर लिएर जाउ“ भनेको हु“ । उपत्यकामा हाम्रा भोट (४३,००० साझा पार्टी र विवेकशीलले पाएकोले) कांग्रेसको विकल्प खोज्दै अन्य पार्टीमा गयो । यो गम्भीर चिन्ताको विषय हो । नेपाली कांग्रेस एकमात्र सही पार्टी हो भन्ने सन्देश जनतालाई दिनुपर्ने छ ।

पार्टी सभापतिले अब पार्टीलाई एक बनाएर लैजाने हो भने उहा“ले ठूलो छाती बनाएर अगाडि बढ्नु पर्दछ । सिंगो कांग्रेसको नेता र सभापति बन्ने कि नबन्ने ? सुधार तपाई (सभापति)बाटै शुरु हुनुपर्दछ । एउटा ठोस सन्देश जनतालाई दिन आवश्यक छ । यही परम्परागत शैलीमा सरकार बन्ने, फेरिने हो भने मलाई केही भन्नु छैन ।

आगामी दिन अत्यन्त कठिन छन् । हाम्रा बाटा अत्यन्त कठिन छन् । यस्तो अवस्थामा सरकार गठन, पार्टी संरचना गठन, नीति तथा कार्यक्रम के कसरी अगाडि जान्छ ? सरकार कसरी बन्दछ ? म पार्टीकै बारेमा चिन्तित छु । यस्तो अवस्थामा अब पार्टीभित्रको कार्यसञ्चालन, सरकार सञ्चालन, पार्टीका विभिन्न निकायहरू गठन, कुन आधारमा हुने हो ? कुन क्राइटेरियामा हुने हो, कुन मान्यतामा हुने हो ? कुन विधि, पद्धति र आचरणमा हामी हिड्ने हो यो एउटा व्यवहारिक पक्ष छ । यसपछि हामीले के गर्छौ, जनतालाई के सन्देश दिने हो ? धेरै प्रश्नहरु छन् ।

यो बेलामा जनतालाई विश्वास दिलाउन त्याग देखाउनुपर्छ । त्यागको समय हो यो । दलको नेता आफै हुनुहुन्छ । बहुमत पनि छ । प्रचण्डजीलाई यहा“ ल्याएर समर्थन पनि लिनु भएको छ । अब त्यस्तो अवस्थामा तपाईले त्याग गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन । तपाई त्याग गर्न सक्नु हुन्न भने म नै त्याग गर्छु । कसै न कसैले त्याग गरेर देखाउनु प¥यो । नेपाली कांग्रेसभित्र एउटा डेमोक्रेटिक अल्टरनेटिभ नेतृत्व पार्टीभित्र छ भन्ने देखाउनुप¥यो ।

कांग्रेसभित्र सामान्य उपचारले नहुने रोग लागि सकेको छ । शल्यक्रिया गर्नु नै पर्ने भएको छ । मेरा विकनेस (कमजोरी) भनेको कांग्रेस हो । सधैभरि मैले बरु आफूलाई जोखिममा राखेको छु, पार्टी र प्रजातन्त्रलाई जोखिममा पर्न दिएको छैन् ।  अव कांग्रेसको छवि सुधार्दै लोकतान्त्रिक आचरण र पद्धतिमा पार्टीलाई हिडाउने कि नहिडाउने ? पार्टीभित्र गतिशिलता कसरी पैदा गर्ने ? के गरी कार्यकर्तामा उत्साह र जागर पैदा गराउने । के गरी जनतामा आशा र भरोसा जगाउने ? पहिलो चरणको निर्वाचनले राम्रो सन्देश दिएन । दोस्रो पनि राम्रो हुन नसके के होला ? विचार गरौ, सोचौ र अघि बढौ ।
(शनिवार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकमा राखेको धारणाको संम्पादित अंश)