नेकपा एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक बस्ने भएको छ । संगठन निर्माण, सरकारमा सहभागिता र पछिल्लो राजनैतिक घटनाक्रममा छलफल गर्न पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक बस्न लागिएको हो ।
अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको समेत खतिवडा जानकारि दिनुभयो । एमाले वा अन्य दलहरु संग ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै भएको उहाँको भनाई छ । एकीकृत समाजवादीको हिजो र अस्तिपनि स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले तत्काल सरकारलाई समर्थन नगर्ने निष्कर्ष पनि निकालेको छ।
एकीकृत समाजवादीले गत मंसिरमा भएको चुनावमा प्रतिनिधि सभातर्फ १० सिट जितेको छ । तर राष्ट्रिय पार्टी बन्न सकेको छैन् । अहिले एकीकृत समाजवादीमा सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।।
प्रतिक्रिया