देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लाछिानेको मुद्दाको सुनुवाइ पाँचौँ नम्बरमा

देशान्तर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा सुनुवाइ हुँदैछ । बिहीबार उच्च अदालत पाटनमा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासको पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको छ ।

लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर गरिएको हो ।

पेसीमा बिहीवारै बहस भई आदेश हुने सम्भावना रहेको लामिछानेका कानुन व्यवसायी सरोज घिमिरेको भनाइ छ ।

त्यसपछि सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ ।