देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

देशान्तर

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । राहदानी बनाउने सेवाग्राहीले लामो लाइनका साथै अन्य विभिन्न कुरामा सास्ती खेप्नुपरेको गुनासोकाबीच गृहमन्त्री लामिछानेले बुधबार विभागको अनुगमन गरेका हुन् ।

मन्त्री लामिछाने बुधबार अनुगमनका लागि विभागको कार्यलय त्रिपुरेश्वर पुगेको उनको सचिवालयले जनाएको छ । ‘राहदानी विभागमा उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेको अनुगमन,’ सचिवालयले फेसबुकमा उल्लेख गरेको छ ।

पछिल्लो समय सर्वसाधारणले सेवा लिन लामो लाइन लाग्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषदको पहिलो बैठकले सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो ।