काठमाडौँ – रेलले कुल्चिएर धनुषामा एक जनाको मृत्यु भएको छ । जयनगरबाट जनकपुरधामका लागि छुटेको रेलले कुल्चिएर धनुषाको नगराईन नगरापालिका राघोपुर बस्ने पुरण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाको विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएर उनको रेलले कुल्चिएर मृत्यु भएको प्रहरीको भनाइ छ ।
रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर लिकमा खसेका ती व्यक्तिको मृत्यु भएको नेपाल रेल्वे महाप्रबन्धक निरञ्जन झाले पनि पुष्टि गरे ।
प्रतिक्रिया