काठमाडौँ – काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घनको जरिवानामा वृद्धि भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पुस महिनादेखि लागू हुने गरी जरिवाना रकम बढाएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
ट्राफिक नियमका १६ शीर्षकमा जरिवाना बढाएको हो । यसअघि यी शीर्षकमा ५०० देखि १५०० रूपैयाँ जरिवाना लाग्दै आएको थियो । तर अहिले अधिकतम १५०० रुपैयाँ मात्रै गराइएको हो । यसअघि यी शीर्षकमा ५०० मात्रै जरिवाना गराइँदै आएको उनले बताए ।
२०७५ सालमा ट्राफिक प्रहरीले अधिकतम जरिवाना गर्न सक्नेगरी अधिकार प्रत्यायोजन गरिएको र त्यहीँ अधिकारको प्रयोग गरी जरिवाना रकम बढाइएको उनले बताए ।
यसरी जरिवाना बढाउँदा ट्राफिक नियमको पालना गरिने र दुर्घटनासमेत न्यूनिकरण हुने उनको भनाइ छ ।
प्रतिक्रिया