काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २० किलो सुन बरामद भएको छ । विमानस्थल भन्सार कार्यालयका अनुसार करिब २० किलो सुनसहित एक विदेशी नागरिक पक्राउ परेका हुन् ।
फ्लाई दुबईको जहाजबाट काठमाडौं आएका सुडानका नागरिक मोहम्मद अहमेदको साथमा उक्त सुन फेला परेको प्रहरीले जनाएको छ । एकै व्यक्तिले ठूलो मात्रामा सुन ल्याएको यो पहिलो पटक भएको भन्सार कार्यालयको दाबी छ ।
उनले ल्याएको झोलाबाट १९ केजी ९ सय ग्राम सुन बरामद गरिएको हो । अहिले बरामदको पक्रिया चलिरहेको भन्सार कार्यालयले जनाएको छ । उनी केहीबेर अघि फ्लाइ दुबइको विमानबाट विमानस्थलमा अवतरण गरेका थिए ।
बरामदी पक्रिया सकिएपछि उनलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइने छ ।
प्रतिक्रिया