देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रशासनलाई शोभराजको आग्रह– पत्रकारलाई मेरो फोटो खिच्न नदिनू

देशान्तर

काठमाडौँ – सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजले पत्रकारलाई आफ्नो फोटो खिच्न नदिन आग्रह गरेका छन् । १९ वर्ष केन्द्रीय कारागारमा सजाय काटेर छुट्न लागेका शोभराजले मिडियाबाट आफू टाढै बस्न चाहेको भन्दै कसैलाई पनि आफ्नो फोटो खिच्न नदिन कारागार प्रशासनलाई आग्रह गरेका हुन् ।

उनलाई कारागार प्रशासनले शुक्रबार अध्यागमन विभागको जिम्मा लगाउँदैछ । अध्यागमनले पासपोर्टलगायतका कागजपत्र हेरेर उनकै देश फ्रान्स फर्काउने तयारी गरेको छ ।

तर शोभराजले भने आफू केही दिन नेपालमै बस्न चाहेको बताएका छन् । कारागार प्रशासनका एक अधिकारीले भने, ‘‘फ्रान्सबाट आएका मेरा आफन्तहरू हायत होटेलमा बसेका छन् । म केही दिन उनीहरूसँगै बस्न चाहन्छु । त्यही बसेर मुटुको फलोअप उपचार गराउँछु।’’ तर अध्यागमनले भने उनको प्रस्ताव स्वीकार नगरेको उनका कानुनी सहयोगी गोपाल शिवाकोटीले बताए ।

शोभराजलाई फ्रान्स फिर्ता पठाउन आवश्यक पर्ने कागजपत्र मिलाउने काम भइरहेको अध्यागमनले जानकारी दिएको छ ।