काठमाडौं – टिपरको ठक्करबाट सप्तरीको रुपनीमा एक बालिकाको मृत्यु भएको छ । मंगलबार ना१क ८५४२ नम्बरको टिपरले टक्कर दिँदा विद्यालय हिँडेकी १२ वर्षीया रीताकुमारी यादवको मृत्यु भएको हो ।
बालिकाको मृत्युपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरूले सडक अवरुद्ध गरेका छन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विद्यार्थी र स्थानीयले ‘आन्दोलन’ गरेपछि स्थिति तनावग्रस्त बनेको बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया