काठमाडौं – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकस्थित खानीखोला पुलमा पहिरो खस्दा पृथ्वीराजमार्ग अबरुद्ध भएको छ ।
आइतबार बिहान १० बजे खानीखोला पुलमा सडक निर्माणको क्रममा पुलको छेउ भासिएपछि सवारी आगवन पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक प्रमुख राजिव विष्टले जानकारी दिए ।
मर्मत सम्भार गरी अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । मर्मत सम्भारको लागि करिब ५ घण्टा समय लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध भएकाले सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न तनहुँ प्रहरीले आग्रह गरेको छ ।
सडक अबरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
प्रतिक्रिया